सेयर बजारमा निरन्तर गिरावट

यसअवधिको पूरै कारोबारलाई हेर्दा सेयर बजार अबका केही दिन अझ घट्न सक्ने सङ्केत गरेको छ । तर, यसअघिको टेवा बिन्दु १४९३ भएकाले अब सामान्य हिसाबले बजार बढ्न पनि सक्छ । यदि अहिलेको बिन्दुबाट बजार घटेमा १४६० अङ्कसम्म पुग्न सक्ने सम्भावना प्रबल छ ।

आज सेयर बजारको मापक नेपाल स्टक एक्सेचेन्ज (नेप्से) निरन्तर घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्मै घटेको हो । मङ्गलबार नेप्सेमा १४.४९ अङ्कले घटेर १४९३.७६ अङ्कमा पुगेको छ । यो सूचक पहिलो निर्वाचनअघिको अन्तिम कारोबार भएको दिनकै बराबर हो । सोमबार पनि नेप्से परिसूचक ०.८९ अङ्कले खस्किँदै १५०८.२५ बिन्दुमा रोकिएको थियो ।
पहिलो निर्वाचनअघिको अन्तिम कारोबार भएको दिन मंसिर ७ गते नेप्से परिसूचक १४९३.२९ अंक थियो ।

त्यसपछि विस्तारै बढेर मंसिर १७ मा १५३७.६७ अङ्कमा पुगेपनि त्यसयता सामान्य बढ्ने र अधिक घट्ने गर्दै करिब एक महिना अघिको बिन्दुमा पुगेको हो । यसअवधिको पूरै कारोबारलाई हेर्दा सेयर बजार अबका केही दिन अझ घट्न सक्ने सङ्केत गरेको छ । तर, यसअघिको टेवा बिन्दु १४९३ भएकाले अब सामान्य हिसाबले बजार बढ्न पनि सक्छ । यदि अहिलेको बिन्दुबाट बजार घटेमा १४६० अङ्कसम्म पुग्न सक्ने सम्भावना प्रबल छ ।

मङ्गलबार कारोबार भएका सबै उपसूचकहरुमा गिरावट आएको छ । जसको प्रत्यक्ष असर नेप्से परिसूचकमा देखियो र ०.९६ प्रतिशतको गिरावट आयो । बजार घटेपनि समग्र कारोबार रकम भने विगत केही दिनदेखि बढ्दै गइरहेको छ । आज पनि सेयर बजारमा ५ हजार १ सय ९२ कारोबारबाट १४ लाख ५ हजार ९ सय ७१ कित्ता सेयर किनबेच भई ५९ करोड ९३ लाख ७६ हजार ३ सय २१ रुपैयाँबराबरको कारोबार भएको छ ।

सोमबार ५६ करोड ८३ लाख २१ हजार र आईतबार ५१ करोड १२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । मङ्गलबार सबैभन्दा बढी नेपाल टेलिकमको ७ करोड ९४ लाख ७० हजार २ सय ९० रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने नेपाल ग्रामीण विकास बैंकको १ लाख ९१ हजार ९ सय ९१ कित्ता सेयर किनबेच भएको छ । त्यसैगरी प्राईम कमर्सियल बैंकको सबैभन्दा बढी ६ सय ८ ओटा कारोबार भएको छ ।