यसअघि साउदलाई हटाएर उनको स्थानमा आएका अर्थमन्त्रालयका उपसचिव रमेश अर्याल पुनः मन्त्रालय फर्किएका छन् । साउदले अदालतको आदेश पाएपछि साउन १ गते नै फर्किए पनि हाजिर हुन पाएका थिएनन् ।
सर्वोच्च अदालतले सरकारले गरेको निर्णय खारेज गरेपछि नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद शुक्रबारदेखि काममा फर्केका छन् । साउदले आजदेखि कार्यलयमा काम थालेका हुन् ।
यसअघि साउदलाई हटाएर उनको स्थानमा आएका अर्थमन्त्रालयका उपसचिव रमेश अर्याल पुनः मन्त्रालय फर्किएका छन् । साउदले अदालतको आदेश पाएपछि साउन १ गते नै फर्किए पनि हाजिर हुन पाएका थिएनन् ।
सरकारको निर्णयविरुद्ध अदालतको ढोका ढक्ढक्याएका साउदले काममा फर्किने आदेशपछि मन्त्रालय गएर आफूले बुझेको बताए । मन्त्रालय अदालतको निर्णयप्रति प्रतिबद्ध रहेको पाएपछि आजदेखि काममा फर्किएको बताए ।
अर्थमन्त्रालयका सहसचिव र आफू एक साथिको रुपमा रहे पनि मन्त्रालयबाट खटाइएपछि उनी यहाँ आएकाले उनी र आफूबीच कुनै नराम्रो सम्बन्ध नरहेको साउदले बताए ।
अबका दिनमा अनलाइन कारोबार प्रणालीलाई व्यवस्थित तरिकाले अगाडि बढाउने उनको भनाइ छ । अबको एक महिनाभित्र नेप्सेले युजर एसेप्टेन्स टेस्ट (यूएटी)को कामसक्ने जानकारी दिइएको छ ।