एयरबसले उडायाे बेलुगा ह्वेल आकारको विमान

‘आकाशमा ह्वेल’ उपनाम दिइएको यो नयाँ तथा उन्नत बेलुगा एक्सएल अहिले आँखा र मैत्रीपूर्ण मुस्कानसहित पछिल्लो मोडलको तुलनामा लगभग थप २० फिट लामो र तीन फिट चौडा छ ।

के यो पक्षी हो ? कि विमान हो ? या … व्हेल ? !

यदि तपाईं आफ्नो झ्यालबाट बाहिर हेर्दा आकाशमा ह्वेल उडेको देख्नुभयो भने अचम्म नमाने हुन्छ ।

वर्षौंदेखि मान्छेहरुले एयरबस ’ए३३०–७००एल’ कार्गो प्लेन र बेलुगा ह्वेलबीच आकारमा समानता भएको मानेका छन् ।

‘आकाशमा ह्वेल’ उपनाम दिइएको यो नयाँ तथा उन्नत बेलुगा एक्सएल अहिले आँखा र मैत्रीपूर्ण मुस्कानसहित पछिल्लो मोडलको तुलनामा लगभग थप २० फिट लामो र तीन फिट चौडा छ ।

गैर–सैन्य विमानमा सबैभन्दा ठूलो कार्गो क्षमताको डिजाइनअनुरुप यसलाई बनाइएको छ । र यसलाई ए३४० विमानका पङ्खा र अन्य पार्टपुर्जा ढुवानीका लागि उपयोग गरिन्छ ।

तर आज, सबैथोक यस विमानको हस्तान्तरणका बारेमा थियो । जब फ्रान्सको टौलूजस्थित एयरबस कारखानाबाट यो विमान आकाशमा उड्यो, तब यसको ह्वेल आकारको रुपलाई दस हजारभन्दा बढी जनसमूहले प्रफुल्ल मुद्रामा प्रशंसा गरे ।

२०१९ मा पहिलो पटक सेवा–प्रवेश गर्ने अपेक्षा गरिएको एयरबसले पाँच ओटा बेलुगा एक्सएल निर्माण गर्नेछ ।

नाइन डट कम डट एउ‘मा प्रकाशित सिडनीकी फ्रिलान्स लेखिका स्यामी स्टेवार्टको रिपोर्टमा आधारित । चित्रहरुः एयरबस