साउदीमा ३८ जना नेपाली अलपत्र,म्यानपावरमाथि कार्वाही

साउदीमा ३८ जना नेपालीलाई तीन जुरे र इम्पावरमेन्ट नामका म्यानपावरले लगेको थियो । वैदेशिक रोजगार विभागले कारवाही शुक्रबार ती कम्पनीको कारोबार रोक्का गर्दै तत्काल उद्धार गर्न निर्देशन समेत दिएको छ ।

साउदी अरवमा ३८ जना नेपाली अलपत्र परेका छन् । ती मध्ये १६ जना त्यहा रहेको नेपाली दुतावासको सम्पर्कमा पुगेका छन् ।

नेपाली कामदार अलपत्र परेको खवर लगत्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले तत्काल उद्धारको पहल गर्न र सम्बन्धित म्यानपावर कम्पनीलाई कारवाही गर्न विभागलाई निर्देशन दिएका थिए ।उनीहरुको तत्कालको खाने तथा बस्ने व्यवस्थाका लागि एनआरएन साउदीले पहल गरेको छ । विहिवार मात्रै विभागले पिडितका आफन्तहरुसँग छलफल गरेको थियो ।

साउदीमा ३८ जना नेपालीलाई तीन जुरे र इम्पावरमेन्ट नामका म्यानपावरले लगेको थियो । वैदेशिक रोजगार विभागले  शुक्रबार ती कम्पनीको कारोबार रोक्का गर्दै तत्काल उद्धार गर्न निर्देशन समेत दिएको छ ।