बजार घटेको दिन आज तिनाउ डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ६ दशमलव ४७ प्रतिशतले बढेको छ भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य ४ दशमलव ८ प्रतिशतले घटेको छ ।
साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ११ दशमलव ७३ अङ्कले घटेको छ । १ हजार १ सय ९३ दशमलव ३९ अङ्कबाट सुरु भएको नेप्से ११ दशमलव ७३ अङ्क ओरालो लाग्दै १ हजार १ सय ८१ दशमलव ६६ अङ्क कायम भएको छ । आइतबार नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।
घट्ने सङ्केतका साथ सुरु भएको नेप्से कारोबार सुरु भएदेखि नै ओरालो लाग्यो । निरन्तर घट्दै ११ अङको दोहोरो गिरावट २१ करोड रुपैयाँको कारोबार भई आइतबारको बजार बन्द भयो । आइतबार नेप्सेमा एक सय ६३ कम्पनीका तीन हजार ८ सय २२ कारोबारबाट ६ ाख ६१ हजार २ सय ४६ कित्ता सेयर खरिदबिक्री भई २१ करोड १२ लाख १३ हजार ८ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत साताको बिहीबारको कारोबार रकमभन्दा ३५ करोड रुपैयाँले कम हो ।
बिहीबार नेप्सेमा १ सय ६२ कम्पनीका तीन हजार ७ सय ७२ कारोबारबाट १९ लाख १८ हजार ६ सय ४८ कित्ता सेयर खरिदबिक्री भई ५६ करोड १२ लाख ८१ हजार ८ सय ४१ रुपैयाँबराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा वर्गीकृत १० समूहमध्य १० समूहको कारोबार भई अधिकांश ९ समूहमा गिरावट आउँदा त्यसको प्रत्यक्ष प्रभाव नेप्से परिसूचकमा परेको हो । आइतबार नेप्सेमा व्यापार समूहको कारोबार भने भएन् ।
नेप्से ओरालो लागे पनि फाइनान्समा २ दशमलव ९९ अङ्कले सुधार आएको छ । त्यस्तै, सबैभन्दा बढी निर्जीवन बिमा १ सय १० दशमलव ६, जीवन बिमामा ७० दशमलव २८, माइक्रोफाइनान्समा ३२ दशमलव ९३, होटलमा ३४ दशमलव ५७ र विकास बैङ्कमा १३ दशमलव ४२ र जलविद्युत्मा १३ दशमलव ७७ अङ्कको गिरावट आएको छ । अरुमा भने एकल अङ्कको सामान्य गिरावट आएको छ ।
बजार घटेको दिन आज तिनाउ डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ६ दशमलव ४७ प्रतिशतले बढेको छ भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य ४ दशमलव ८ प्रतिशतले घटेको छ ।