इन्फिनिटीले ६ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने

हाल १४ करोड रुपैयाँ बराबर चुक्ता पुँजी रहेको लघुवित्तको सेयर निष्कासनपछि २० करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने छ । कम्पनीले आईपीओ जारी गरेपछि संस्थापकको सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत हुने छ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्त्ता प्राथमिक निष्कासन (आईपीओ) गर्ने भएको छ ।

कम्पनीले सय रुपैयाँ अङ्कित मूल्यका ६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

हाल १४ करोड रुपैयाँ बराबर चुक्ता पुँजी रहेको लघुवित्तको सेयर निष्कासनपछि २० करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने छ । कम्पनीले आईपीओ जारी गरेपछि संस्थापकको सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत हुने छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७४–७५ मा एक करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनी ५९ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी सिभिल क्यापिटलाई दिइएको छ ।