सिटिजन्स बैङ्कको ४ करोड ६३ लाख रुपैयाँको एफपीओ साउन १५ देखि

बैङ्कको एफपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २३ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । एफपीओका लागि आवेदकले साउन १५ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

सिटिजन्स बैङ्क इन्टरनेसनलले सर्वसाधारणका लागि ४ करोड ६३ लाख ८२ हजार ६ सय रुपैयाँ बराबरको थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ । बैङ्कले प्रतिकित्ता दुई सय रुपैयाँ मूल्यमा ४ लाख ६३ हजार ८ सय २६ कित्ता सेयर निष्कासन गर्ने भएको हो । एक सय रुपैयाँ अङ्कित मूल्यमा एक सय रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २ सय रुपैयाँका दरले एफपीओ बिक्रीमा ल्याउन लागेको बैङ्कले जनाएको छ ।

बैङ्कको एफपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २३ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । एफपीओका लागि आवेदकले साउन १५ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । बैङ्कको एफपीओमा संस्थापक पक्षले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ ।

बैङ्कले संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न एफपीओ निष्कासन गर्न लागेको हो । हाल बैङ्कमा संस्थापक पक्षको ५१ दशमलव २९ प्रतिशत र सर्वसाधारणको ४८ दशमलव ७१ प्रतिशत सेयर छ ।

एफपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिललाई तोकिएको छ । एफपीओ निष्कासनपछि कम्पनीको पुँजी ८ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ ।