एसियन सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत राजकुमार खत्रीले लगआउट भएपछि फेरि नयाँ पासवर्ड लिनुपर्ने बताए । ‘परीक्षणका लागि वान टाइम पासवर्ड (ओटीपी)को प्रावधान ल्याइएको जस्तो छ,’ उनले भने, ‘अनलाइन कारोबार मोबाइलबाट गर्न भने समस्या देखिएको छ ।’
चालू आर्थिक वर्षको सुरुवातदेखि नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले परीक्षणका रुपमा सुरु गरेको अनलाइन कारोबार मोबाइलबाट गर्न समस्या देखिएको छ । लगानीकर्ताहरुले अनलाइन कारोबार मोबाइलबाट लगइन गर्न नमिल्ने भएकाले खासै उत्साहजनक नदेखिएको बताएका छन् । खासगरी अनलाइन कारोबार डेस्कटप कम्प्युटर तथा ल्यापटपबाट लगइन गर्न मिल्ने भएकाले लगानीकर्ता आकर्षित हुने स्थिति नभएको बताउँछन् ।
त्यस्तै एकपटक आईडी लगआउट भए फेरि पासवर्ड लिन पर्ने व्यवस्थाले पनि अनलाइन कारोबार झन्झटिलो भएको लगानीकर्ताको भनाइ छ । ‘लगइन’ गरिएको ‘आइडी’ कुनै कारणवश ‘लगआउट’ भएमा आफ्नो आईडी सञ्चालनमा ल्याउन पुनः ब्रोकर कम्पनीलाइ फेरी ‘मेल’ पठाएर नयाँ ‘पासवर्ड’ लिनुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थाले कारोबार असहज हुने लगानीकर्ताको भनाइ छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले परीक्षणकाल भएकाले सुरक्षाका लागि प्रत्येक पटक लग इन गर्दा नयाँ पासवर्ड लिन पर्ने व्यवस्था ल्याइएको बताए । “यो ठूलो समस्या होइन, समयक्रमसँगै यस्ता समस्या निराकरण गरेर लैजान सकिन्छ,’ उनले भने, ‘लगानीकर्ताको तथ्याङ्क चोरी नहोस भनेर लग इन गर्दा नयाँ पासवर्ड आवस्यक पर्ने व्यवस्था गरिएको हो ।’ परीक्षणका क्रममा देखिएका समस्या समाधान गरेर मात्रै पूर्ण रुपमा अनलाइन कारोबार सुरु गरिने उनले बताए । मोबाइलबाट कारोबार गर्न मिल्ने/नमिल्ने बारे आफूलाई जानकारी नभएको भन्दै उनले यसबारेमा देखिएका समस्या लगानीकर्तासँग बुझेर समाधान खोजिने बताए ।
लगानीकर्ता गोपाल ओलीले कारणवश मोबाइल अफ भएमा नयाँ पासवर्ड लिनुपर्ने व्यवस्थाले कारोबार प्रभावित हुने बताए । ‘यसले लगानीकर्ताको मनोबललाई कमजोर बनाउँछ,’ उनले भने, ‘अनलाइन कारोबार डेस्कटप÷ल्यापटपको माध्यमबाट मात्र हुने र मोबाइल भर्सनमा नआए त्यसले लगानीकर्तालाई फाइदा पुग्दैन ।’
एसियन सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत राजकुमार खत्रीले लगआउट भएपछि फेरि नयाँ पासवर्ड लिनुपर्ने बताए । ‘परीक्षणका लागि वान टाइम पासवर्ड (ओटीपी)को प्रावधान ल्याइएको जस्तो छ,’ उनले भने, ‘अनलाइन कारोबार मोबाइलबाट गर्न भने समस्या देखिएको छ ।’