कारोबार सुरु भएदेखि बढ्न थालेको बजार १८ अङ्क बढेपछि आरोलो गतिमा लाग्यो । ओरालो लाग्न सुरु गरेको सेयर बजार ४ दशमलव ७७ अङ्क बढेको अवस्थामा मङ्गलबारको कारोबार बन्द भयो ।
सोमबार उत्साहजनक ढङ्गले बढेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मङ्गलबार तीव्र उतारचढावका बीच ४ दशमलव ७७ अङ्कले बढेको छ । सोमबार १ हजार १ सय ९४ दशमलव ८४ अङ्कमा रोकिएको बजार आज ४ अङ्कले बढेर १ हजार १ सय ९९ दशमलव २७ अङ्क कायम भएको छ ।
कारोबार सुरु भएदेखि बढ्न थालेको बजार १८ अङ्क बढेपछि आरोलो गतिमा लाग्यो । ओरालो लाग्न सुरु गरेको सेयर बजार ४ दशमलव ७७ अङ्क बढेको अवस्थामा मङ्गलबारको कारोबार बन्द भयो ।
आज नेप्सेमा १ सय ५९ कम्पनीका ३ हजार ९ सय ८१ कारोबारबाट ११ लाख ७५ हजार २ सय ४८ कित्ता सेयर खरिदबिक्री भई २८ करोड ९७ लाख ४ हजार ७ सय ६८ रुपैयाँबराबरको कारोबार भएको छ, जुन सोमबारको तुलनामा १० करोड बढी हो । नेप्सेमा सोमबार १२ दशमलव ८४ अङ्कको वृद्धि भई एक सय ५७ कम्पनीको दुई हजार ८ सय ९२ कित्ता सेयर खरिदबिक्री भई १८ करोड ६५ लाख २६ हजार २ सय ३५ रुपैयाँको कारोबार भएको थियो ।
एकल अङ्कले नेप्से बढेको दिन आज नेप्सेमा वर्गीकृत सबै १० समूहमध्ये सबै समूहको कारोबार भई दुई समूहमा गिरावट आए पनि समग्रमा नेप्से उकालो लाग्यो । आज उत्पादनमूलकमा १७ दशमलव ७४ र माइक्रोफाइनान्समा शून्य दशमलव ७ अङ्कले बढ्यो ।
यस्तै, सबैभन्दा बढी होटलमा ४९ दशमलव ४२, जीवन बिमामा २० दशमलव ६१, निर्जीवन बिमामा १९ दशमलव ८९ अङ्कले बढेको छ । साथै, बैङ्किङमा ५ दशमलव २५ अङ्कले बढेको छ भने अरुमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज बजार बढेको दिन नयाँ नेपाल वित्तीय संस्थाको सेयर ९ दशमलव ९ प्रतिशतले बढेको छ भने बेस्ट फाइनान्स कम्पनीको १० प्रतिशतले सेयर घटेको छ ।