घट्दो सेयर बजार, साढे १६ करोडमै खुम्चियो कारोबार

केही समय १७ करोड रुपैयाँसम्म झरेको नेप्सेमा बुधबारको कारोबार लामो समयपछिको न्यून हो । यसदिन एक सय ६८ कम्पनीका तीन हजार उक सय ५८ कारोबारबाट छ लाख २९ हजार ७ सय १७ कित्ता सेयर खरिद बिक्री भएको हो । कारोबार रकम मङ्गलबारको तुलनामा १२ करोड रुपैयाँले कम हो ।

सेयर बजार घटेसँगै कारोबार रकम लामो समयपछि न्यून बिन्दुमा सीमित भएको छ । बुधबार सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा १६ करोड ६१ लाख १६ हजार रुपैयाँको मात्र सेयर किनबेच भएको छ । यो एक वर्षभन्दा बढी समयदेखिको न्यून कारोबार हो ।

केही समय १७ करोड रुपैयाँसम्म झरेको नेप्सेमा बुधबारको कारोबार लामो समयपछिको न्यून हो । यसदिन एक सय ६८ कम्पनीका तीन हजार उक सय ५८ कारोबारबाट छ लाख २९ हजार ७ सय १७ कित्ता सेयर खरिद बिक्री भएको हो । कारोबार रकम मङ्गलबारको तुलनामा १२ करोड रुपैयाँले कम हो ।

बुधबार कारोबार रकम मात्रै होइन नेप्से सूचक पनि ओरालो लागेको छ । मङ्गलबार एक हजार एक सय ९९ अङ्कमा रोकिएको नेप्से बुधबार चार दशमलव ९२ अङ्कले घटेर एक हजार एक सय ९४ दशमलव ३५ अङ्कमा रोकिएको छ । केही दिनदेखि एक हजार दुई सय अङ्ककै वरिपरि देखिएको नेप्से अझ घट्न वा बढ्न ठूलै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

नेप्सेमा वर्गीकृत समूहमध्ये जलविद्युत् र उत्पादनमूलक उपसमूहमा वृद्धि भएपनि त्यसले बजार घट्नबाट रोक्न सकेन । आज जलविद्युतमा तीन दशमलव ८८ र उत्पादनमूलकमा दुई दशमलव ९३ अङ्कले बढ्यो । त्यस्तै, निर्जीवन बिमामा ८० दशमलव २२ अङ्कले सबैभन्दा धेरै घट्यो भने जीवन बिमा २८ दशमलव ७, होटल २० दशमलव ८५, बैङ्किङ ४ दशमलव २७, विकास बैङ्क चार दशमलव २८, लघुवित्त छ दमलव ७७ र अन्य समूह शून्य दशमलव सात अङ्कले घटेको छ ।

वुधबार बजार घटेपनि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर नौ दशमलव ९६ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी एनआईबीएल प्रगति फन्डको सेयर ५ दशमलव ८७ प्रतिशतले घटेको छ । बुधबार नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्कको ४६ हजार ६ सय ८ कित्ता सेयर खरिदबिक्री भई १ करोड ९ लाख १२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।