दुईटा वाइडबडी खरिदका लागि निगमले हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको थियो । निगमको पहिलो वाइडबडी विमान ’अन्नपूर्ण’ असार १४ गते काठमाडौं आइसकेको छ ।
नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी एयरबस ए३३० ’मकालु’ विमान काठमाडौं आइपुगेको छ । जहाज बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
दुईटा वाइडबडी खरिदका लागि निगमले हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको थियो । निगमको पहिलो वाइडबडी विमान ’अन्नपूर्ण’ असार १४ गते काठमाडौं आइसकेको छ ।
जहाजमा २७४ सिट छन्, जसमा १८ ओटा बिजनेस र २५६ ओटा इकोनोमिक क्लासका सिट छन् । लामो दुरीमा उडान गर्न मिल्ने जहाजमा २–२–२ फर्म्याटका बिजनेस क्लास, २–४–२ फर्म्याटका इकोनोमी क्लासका सिट छन् ।
निगमले दुई ओटा वाइडबडी जहाज खरीदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको थियो । निगमले फ्रान्सको एएआर कम्पनीसँग गत वैशाखमा जहाज दुई ओटा वाइडबडी जहाज खरिदका लागि सम्झौता गरेको थियो ।