आँखुखोलाको ८ करोडको आईपीओ साउन १७ देखि

आवेदकलेसाउन ३१ गतेदेखि भदौ १५ गतेसम्म आईपीओका लागि आवेदन दिन सक्ने छन् । न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आँखु खोला जलविद्युत् कम्पनीले आयोजना प्रभावित जिल्ला धादिङ्का स्थानीयवासीलाई ८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १७ गतेदेखि पहिलो चरणमा ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

आवेदकलेसाउन ३१ गतेदेखि भदौ १५ गतेसम्म आईपीओका लागि आवेदन दिन सक्ने छन् । न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले पहिलो चरणमा स्थानीयको लागि १० प्रतिशत निष्कासन गरेपछि सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्ने छ । जुन १२ प्रतिशतका दरले हुनेछ ।

आँखुखोलाको सेयर बिक्री प्रबन्धन सिभिल क्यापिटल मार्केट्सले गरिरहेको छ । धादिङमा ८ दशमलव ४ मेगावाटको आँखुखोला १ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीको सेयर निष्कासनपछि चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । साथै, कम्पनीले २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ ।