नेप्सेमा आज १ सय ६३ कम्पनीको ३ हजार ४ सय ९१ कारोबारबाट ७ लाख ९२ हजार ५५ कित्ता सेयर खरिदबिक्री भई १९ करोड ३० लाख २८ हजार १ सय २४ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ३ करोडले बढी हो ।
पछिल्लो समयमा घट्दो अवस्थामा रहेको सेयर बजारमा मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम दिन बिहीबार ३ दशमलव १५ अङ्कले घटेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा केही सुधार आउँदै १९ करोड ३० लाख २८ हजार १ सय २४ रुपैयाँबराबरको कारोबार भएको छ ।
एक हजार १ सय ९४ दशमलव ३५ अङ्कबाट सुरु भएको नेप्से ३ दशमलव १५ अङ्कले घटेर एक हजार १ सय ९१ दशमलव २० अङ्क कायम भएपछि बिहीबारको कारोबार बन्द भयो । चालू आर्थिक वर्षयता निरन्तर घट्दै आएको बजार यही साताको सोमबार भने दोहोरो अङ्कले बढेको थियो ।
तर, अन्य दिनमा भने तीव्र उतारचढाव भइरहेको बजारलाई सन्तुलनमा आउन कठिन भएको देखिएको छ । कारोबार सुरु भएदेखि नै बढेको बजार २ अङ्कले बढेर घट्न थालेपछि ३ अङ्कको गिरावट आएर रोकिएको हो ।
आज नेप्से घटे पनि जानकी फाइनान्सको सेयर ५ दशमलव २९ प्रतिशतले बढेको छ भने कन्काई विकास बैङ्कको सेयर ५ दशमलव ५४ प्रतिशतले घटेको छ । यस्तै, आज नेप्सेमा होटलबाहेक सबै समूहमा गिरावट आउँदा नेप्सेले ओरालो बाटो लिएको हो ।
आज होटलमा ४४ दशमलव ५४ अङ्कले सुधार भएको छ । सबैभन्दा बढी गिरावट आएको जीवन बिमा ४९ दशमलव ८ अङ्कले घटेको छ । निर्जीवनमा २७ दशमलव १७, माइक्रोफाइनान्स १५ दशमलव १६, जलविद्युत ७९ अङ्क, बैङ्किङ १ दशमलव ४४, फाइनान्स २ दशमलव ६८, विकास बैङ्क १ दशमलव ९८ अङ्क, अन्य शून्य दशमलव ५६ अङ्कले घटेको छ । आज उत्पादनमूलक स्थिर छ भने व्यपार समूहको आज कुनै पनि कारोबार भएन ।
नेप्सेमा आज १ सय ६३ कम्पनीको ३ हजार ४ सय ९१ कारोबारबाट ७ लाख ९२ हजार ५५ कित्ता सेयर खरिदबिक्री भई १९ करोड ३० लाख २८ हजार १ सय २४ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ३ करोडले बढी हो ।
बुधबार नेप्सेमा १ सय ६८ कम्पनीका ३ हजार १ सय ५८ कारोबारबाट ६ लाख २९ हाजर ७ सय १७ कित्ता सेयर किनबेच भई १६ करोड ६१ लख १६ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।