सेयर बजार खुम्चिँदै, सातामा २७ प्रतिशतले घट्यो कारोबार

साताका पाँचै दिन कारोबार भई तीव्र उतारचढाव आए पनि नेप्से १ हजार १ सय ९४ दशमलव ३४ अङ्क कायम भएको हो । गत साताको अन्तिम दिन १ हजार १ सय ९३ दशमलव ३९ अङ्कमा कायम भई कारोबार बन्द भएको थियो ।

पछिल्लो समय घट्दै आएको सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा यस साता परिसूचक स्थिर रहे पनि कारोबार रकम २७ दशमलव ४१ प्रतिशतले घटेर झनै खुम्चिएको छ । नेप्से शून्य दशमलव ९६ अङ्कले सुधार हुँदै तटस्थ बिन्दुमा रहे पनि कारोबार भने घटेको छ ।

साताका पाँचै दिन कारोबार भई तीव्र उतारचढाव आए पनि नेप्से १ हजार १ सय ९४ दशमलव ३४ अङ्क कायम भएको हो । गत साताको अन्तिम दिन १ हजार १ सय ९३ दशमलव ३९ अङ्कमा कायम भई कारोबार बन्द भएको थियो । साताका तीन दिन गिरावट तथा दुई दिन सुधार भएको नेप्सेमा सोमबार र मङ्गलबार सुधार भएको थियो भने आइतबार, बुधबार र बिहीबार घटेको थियो ।

साताका पाँचै दिन नेप्सेमा कारोबार खुला भएको नेप्सेमा यस साता १ अर्ब ५ करोड ६२ लाख ९१ हजार रुपैयाँबराबरको कारोबार भएको छ । नेप्सेमा १ सय ७९ कम्पनीका १६ हजार ८ सय ८६ कारोबारबाट ३९ लाख ४५ हजार सात सय ६० कित्ता सेयर खरिदबिक्री भई एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार रुपैयाँबराबरको कारोबार भएको छ, जुन गत साताको तुलनामा ४० करोड रुपैयाँले कम हो ।

गत साता नेप्सेमा १ सय ८६ कम्पनीको १५ हजार १ सय २८ कारोबारबाट ४७ लाख ५४ हजार ५ सय २० कित्ता सेयर खरिदबिक्री भई १ अर्ब ४५ करोड ५१ लख ५७ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार सातामा सबैभन्दा बढी नबिल बैङ्कको ५ करोड ३० लाख ३० हजार रुपैयाँबराबरको कारोबार भएको छ । त्यसैगरी सबैभन्दा बढी मेगा बैङ्कको १ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ भने रैराङ हाइड्रोपावरको ७ सय ४५ कारोबार भई अग्रस्थानमा रह्यो ।