स्थानीयका लागि शिवमको ८ लाख कित्ता सेयर आजदेखि खुला

आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि शिवम् शिमेन्टले आजदेखि ८ करोड ८० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर निष्काशन (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १ सय रुपैयाँको सेयरमा २ सय रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता ३ सय रुपैयाँका दरले ८ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको छ । आवेदकले शिवमको आइपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्ता सेयरका लागि भदौ ११ गतेसम्म आवेदन...

आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि शिवम् शिमेन्टले आजदेखि ८ करोड ८० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर निष्काशन (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १ सय रुपैयाँको सेयरमा २ सय रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता ३ सय रुपैयाँका दरले ८ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको छ ।

आवेदकले शिवमको आइपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्ता सेयरका लागि भदौ ११ गतेसम्म आवेदन दिन सक्ने छन् । स्थानीयले शिवमको आइपीओमा मकवानपुरका २७ वटा बैङ्क तथा वित्तीय संस्थाबाट तथा कम्पनीबाटै आवेदन दिन सक्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

आवेदकले सीआस्वा प्रणालीबाट आइपीओमा आवेदन दिन सक्नेछन् भने मकवानपुरको स्थानीयवासी भएको प्रमाण आवस्यक पर्ने छ । कम्पनीले स्थानीयका लागि सेयर बाडँफाडँ गरेको ३ दिनपछि सर्वसाधरणका लागि सेयर निष्कासन गर्ने छ ।

गत आवमा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, चालु आवमा शिवमले १ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाउने लक्ष्य लिएको बताएको छ ।