नेपाल बैङ्कको एफपीओ आवेदन दिने आज अन्तिम दिन

बैङ्कले प्रतिसेयर १ सय रुपैयाँ अङ्कित मूल्यमा १ सय ८० रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २ सय ८० रुपैयाँमा असार १५ गतेदेखि एफपीओ निष्कासन गरेको थियो ।

नेपाल बैङ्कको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । बैङ्कले प्रतिसेयर १ सय रुपैयाँ अङ्कित मूल्यमा १ सय ८० रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २ सय ८० रुपैयाँमा असार १५ गतेदेखि एफपीओ निष्कासन गरेको थियो ।

कम्पनीको एफपीओमा आवेदकले न्यूनतम ५० कित्ता र अधिकतममा १० ले भाग जाने गरी विद्यमान कानुनी व्यवस्थाको सीमाभित्र रहेर आवेदन गर्न सक्नेछन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबारसम्ममा १७ हजार ५ सय ३९ आवेदन परेको बताएको छ । सिद्धार्थ क्यापिटलका अनुसार ६८ करोड ६३ लाख ५२ हजार रुपैयाँको सेयर आवेदन परेको छ ।

शुक्रबारसम्म परेको आवेदनपछि बैङ्कको १ करोड ५२ लाख ३३ हजार ७ सय ६८ कित्ता सेयर बिक्री हुन बाँकी छ । आवेदकले कम्पनीको एफपीओमा सीआस्बाप्राप्त सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाबाट आवदेन दिन सक्नेछन् ।

हाल दोस्रो बजारमा बैङ्कको सेयर मूल्य एफपीओको मूल्य नजिक छ । बैङ्कको सेयर हाल २ सय ९३ रुपैयाँमा कारोबार भइरहेको छ । एफपीओ निष्कासनपछि नेपाल बैङ्कको चुक्ता पुँजी ९ अर्ब ८१ करोड १७ लाख रुपैयाँ पुग्नेछ । बिक्री नभएको एफपीओको अन्डरराइट ८ मर्चेन्ट बैङ्कले गरिसकेका छन् ।