सेयर बजारमा सुधारको सङ्केत, कारोबार पनि उकालोतर्फ

आइतबार नेप्सेमा नेसनल हाइड्रोपावर कम्पनीको सेयर ७ दशमलव ५० प्रतिशतले बढेको छ भने सिटी एक्स्प्रेसको सेयर ९ दशमलव ६७ प्रतिशतले घटेको छ ।

पछिल्लो समय लगातार उतारचढाव आइरहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको पहिलो दिन आइतबार सुधारको सङ्केत देखिएको छ । आज कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजार कारोबार बन्दा हुँदा ३ दशमलव ६२ अङ्कले बढ्यो । नेप्से बढेको दिन आज बिहीबारको तुलनामा कारोबार रकम पनि बढेको छ ।

१ हजार १ सय ९१ दशमलव २० अङ्कबाट सुरु भएको बजार कारोबार सुरु भएदेखि बढ्दै ३ दशमलव ६२ अङ्कले बढेर १ हजार १ सय ९४ दशमलव ८२ अङ्क कायम भई कारोबार बन्द भएको छ । गत साता घटेरै बन्द भएको बजार साताको पहिलो दिन बढ्दो सङ्केत देखाएको छ । आज कारोबार सुरु भएदेखि सुधार देखिएको नेप्से बढेर ५ अङ्क पुगेपछि ओरालो लाग्दै ३ अङ्कको सुधार भएको हो ।

नेप्सेमा आज १ सय ५३ कम्पनीको २ हजार ९ सय ८५ कारोबारबाट ७ लाख ८१ हजार ४ सय ८४ कित्ता सेयर किनबेच भई १८ करोड ४९ लाख ९

हजार २ सय ७० करोड रुपैयाँबराबरको कारोबार भएको छ, जुन गत बिहीबारको तुलनामा २ करोड रुपैयाँले बढी हो ।
गत साताको बिहीबार नेप्सेमा १ सय ६८ कम्पनीका ३ हजार १ सय ५८ कारोबारबाट ६ लाख २९ हजार ७ सय १७ कित्ता सेयर किनबेच भई १६ करोड ६१ लाख १६ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।

व्यापारबाहेक सबै समूहको कारोबार भएको दिन आज नेप्सेमा ५ समूहमा गिरावट आए पनि सुधार देखिएको हो । आज नेप्सेमा होटलमा २० दशमलव १४, उत्पादनमूलकमा ६ दशमलव ८२, जलविद्युत्मा ३ दशमलव ९९, फाइनान्समा १ दशमलव १२ र माइक्रोफाइनान्समा १ दशमलव ५ अङ्कले गिरावट आएको छ ।

तर बजार बढेको दिन आज सबैभन्दा बढी जीवन बिमामा ५२ दशमलव ६७, निर्जीवन बिमामा ९ दशमलव ९२, विकास बैङ्कमा ६ दशमलव ७७, अन्यमा ६ दशमलव ३६ र बैङ्किङमा २ दशमलव ९४ अङ्कले बढेको छ ।

आइतबार नेप्सेमा नेसनल हाइड्रोपावर कम्पनीको सेयर ७ दशमलव ५० प्रतिशतले बढेको छ भने सिटी एक्स्प्रेसको सेयर ९ दशमलव ६७ प्रतिशतले घटेको छ ।