सोमबार सेयर बजर स्थिर, कारोबार २९ करोड

आज नेप्सेमा उतारचढाबका बीच शून्य दशमलव ४४ अङ्कको सामान्य गिरावट देखिएको छ । एक हजार एक सय ९४ दशमलव ८२ अङ्कबाट सुरु भएको बजार केही तलमाथि हुँदै १ हजार १ सय ९४ दशमलव ३८ अङ्क कायम भएको छ ।

साताको दोस्रो दिन सोमबार सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) स्थिर देखिएको छ । आज नेप्सेमा उतारचढाबका बीच शून्य दशमलव ४४ अङ्कको सामान्य गिरावट देखिएको छ । एक हजार एक सय ९४ दशमलव ८२ अङ्कबाट सुरु भएको बजार केही तलमाथि हुँदै एक हजार एक सय ९४ दशमलव ३८ अङ्क कायम भएको छ ।

आज कारोबार सुरु भएदेखि बढ्न थालेको बजार दुर्इ अङ्कले बढेपछि घट्न थाल्यो । घटेर बजार सुरु भएको अङ्क नजिक आएको नेप्से युटर्न लिँदै चार अङ्कले उकालो लाग्यो । तर, बजार बढेको केही समयपछि उल्टो दिशामा चल्न थालेको बजार शून्य दशमलव ४४ अङ्कमा बन्द भयो ।

सोमबार एक हजार ७० कम्पनीको तीन हजार ६ सय ६४ कारोबारबाट १० लाख ५९ हजार नाै सय ९० कित्ता सेयर किनबेच भई २९ करोड ६१ लाख ५६ हजार दुर्इ सय ५२ रुपैयाँ बराबरको कारोबार भयो, जुन आइतबारको कारोबार रकमभन्दा नाै करोड रुपैयाँले बढी हो ।

आइतबार नेप्सेमा एक सय ५३ कम्पनीको दुर्इ हजार नाै सय ८५ कारोबारबाट सात लाख ८१ हजार चार सय ८४ कित्ता सेयर खरिदबिक्री भई १८ करोड ४९ लाख नाै हजार दुर्इ सय ७० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार नेप्सेमा वर्गीकृत समूहमध्ये व्यापार समूहको कारोबार भएन तर अन्य सबै समूहको कारोबार भई छ समूहमा गिरावट आएपछि त्यसको नकारात्मक असर सम्पूर्ण बजारमा देखिएको हो । आज नेप्सेमा जीवन बिमा २० दशमलव ५१, निर्जीवन बिमा १४ दशमलव ७२ अङ्कले घटेको छ ।

यस्तै आज होटल, जलविद्युत्, अन्य, लघुवित्तमा पनि गिरावट आएको छ । बजार स्थिर रहेको दिन आज सबैभन्दा बढी उत्पादनमूलकमा चार दशमलव ६६ अङ्कको सुधार आएको छ भने बैङ्किङ, विकास बैङ्क तथा फाइनान्समा सुधार आएको छ ।

सोमबार नेप्सेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर पाँच दशमलव ८३ अङ्कले बढेको छ भने सिटी एक्स्प्रेस फाइनान्सको सेयर नाै दशमलव ५२ प्रतिशतले घटेको छ ।