पर्यटक उद्धारमा ठगीः छानबिन समितिले प्रतिवेदन बुझायो, २६ संस्थालाई कारवाहीको सिफारिस

प्रतिवेदनमा विदेशी मुद्रा कारोबार गर्ने अनुमति नलिएको तर पर्यटकवापत विदेशी मुद्रामा उद्धार भाडा वापत भुक्तानी दावी गरेको विवरण पेश गर्ने ५ अाेटा कम्पनीलाई राष्ट्र बैंकबाट विनेशी विनियम ऐन अनुसार छानवीन गरि कारवाही गर्न कार्यदलले सिफारिश गरेको छ ।

पर्यटक उद्धारसम्बन्धी गठित छानबिन कार्यदलले प्रतिवेदन बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गठन गरेको छानबिन समितिले सोमबार सात सय पृष्ठको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा विदेशी मुद्रा कारोबार गर्ने अनुमति नलिएको तर पर्यटकवापत विदेशी मुद्रामा उद्धार भाडा वापत भुक्तानी दाबी गरेको विवरण पेश गर्ने ५ अाेटा कम्पनीलाई राष्ट्र बैङ्कबाट विनेशी विनियम ऐनअनुसार छानवीन गरी कारवाही गर्न कार्यदलले सिफारिस गरेको छ ।

त्यस्तै उद्धारको क्रममा महँगो शुल्क लिने ६ अस्पतालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट छानबिन गरी कारवाही गर्न सिफारिस गरिएको छ । कार्यदलले महँगोमा उद्धार गर्ने ८ ट्राभल, ४ अस्पताल, ३ हेलिकप्टरको राजश्व चुहावटअनुसार छानविन गरी कारवाही गर्ने राजश्व अनुसन्धान विभागमा सुझाव पेस गरेको छ ।