चर्को शुल्क लिएको भन्दै अल स्कील म्यानपावरमा विभागको छापा,१० हजारमै कुवेत पठाउने

रिजालका अनुसार ति ३५ जना मंगलवारनै १० हजार सेवा शुल्कमा कुवेत उड्ने छन् ।

चर्को शुल्क लिएर कुवेत पठाउन लागेको सूचनाको आधारमा वैदेशीक रोजगार विभागले बसुन्धरा स्थीत अल स्कील ईन्टरनेशनल हुमन रिसोर्समा छापा मारेको छ ।

कुवेत पठाउन भन्दै ३५ जनाबाट प्रतिव्यक्ति १ लाख ८० हजार रुपैया लिइएको निवेदन परेकोले छापा मारिएको विभागका निर्देशक उद्धव रिजालले जानकारी दिए । विभागले म्यानपावर कम्पनीको कागजात नियन्त्रणमा लिएको छ ।

रिजालका अनुसार ति ३५ जना मंगलवारनै १० हजार सेवा शुल्कमा कुवेत उड्ने छन् । कुवेतमा पठाउनु पर्ने भएकोले मेनपावर सञ्चालकलाई मंगलवार विभागमा उपस्थित हुने सर्तमा छोडिएको प्रमुख रिजालले जानकारी दिए ।

कुवेत लगाएत खाडिमुलुकमा कामदार पठाउदा सेवा शुल्क बापत १० हजार रुपैया मात्र लिन पाउने छन् । सरकारको निर्णय विपरीत ति कम्पनीले कामदारबाट चर्को शुल्क असुल्न खोजेको भन्दै कानुनी कार्वाही गरिने विभागका निर्देशक रिजालको भनाइ छ ।