आवेदकले बैङ्कको एफपीओमा साउन १५ गतेदेखि छिटाेमा १८ गतेसम्म र याे चार दिनमा बिक्री नभए भदौ १४ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २३ सय कित्ता सम्मको लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
सिटिजन्स बैङ्कले ४ करोड ६३ लाख ८२ हजार ६ सय रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८ सय २६ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्रीमा ल्याएको छ । बैङ्कले साउन १५ गतेदेखि १ सय रुपैयाँ अङ्कित मूल्यमा १ सय प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २ सय रुपैयाँमा एफपीओ बिक्री खुला गरेको हो ।
आवेदकले बैङ्कको एफपीओमा साउन १५ गतेदेखि छिटाेमा १८ गतेसम्म र याे चार दिनमा बिक्री नभए भदौ १४ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २३ सय कित्ता सम्मको लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
बैङ्कले सर्वसाधरणका लागि सेयर बिक्री खुला गरेकाले संस्थापक पक्षले भने एफपीओमा आवेदन दिन पाउने छैनन् । एफपीओ निष्कासनपछि बैङ्कको सेयरमा संस्थापक र सर्वसाधरणको सेयर अनुपात ५१ः४९ कायम हुने छ । हाल संस्थापकको ५१ दशमलव २९ प्रतिशत र सर्वसाधरणको सेयर ४८ दशमलव ७१ प्रतिशत छ ।
कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ । एफपीओ निष्कासनपछि बैङ्कको चुत्तापुँजी ८ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ ।