गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको वार्षिक साधारण सभा एवम् २२ औं गाउँ पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले गाउँको पर्यटन प्रवर्द्धनमा लाग्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्यमबाट मात्र गाउँको विकास सम्भव रहेको बताए । गाउँ गाउँमा होम–स्टे सञ्चालन गरी सहरका पर्यटकलाई आकर्षित गरेर आर्थिक अवस्था मजबुत बनाउनु पर्नेमा उनले जोड दिएका छन् ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको वार्षिक साधारण सभा एवम् २२ औं गाउँ पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले गाउँको पर्यटन प्रवर्द्धनमा लाग्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
छ सय ९७ जना सदस्य रहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको मङ्गलबार नयाँ नेतृत्व समेत चयन हुनेछ । पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति र ट्राभल कम्पनीहरु यसका सदस्य रहने गरेका छन् ।
भिटोफको अध्यक्षका लागि धुव्र सिंखडा र बासुदेव पाण्डे चुनावी मैदानमा छन् । निर्वाचनको समय दिउँसो १ बजे तय गरिए पनि हालसम्म सुरु हुन नसकेको कोर्सा नेपाल एडभेन्चर प्रालिका सञ्चालक नकुल देवकोटाले जानकारी दिए । गाउँ पर्यटनका लागि भन्दै सरकारले वार्षिक एक करोड रुपैयाँ विनियोजन गर्ने गरेको छ ।