नेप्से २ अङ्कले घट्दा कारोबार १६ करोडमा सीमित

१ हजार १ सय ९३ दशमलव ९३ अङ्कबाट सुरु भएको बजार २ दशमलव ९१ अङ्कले घट्दै १ हजार १ सय ९१ दशमलव ४७ अङ्क कायम भएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको बजार ३ अङ्कले बढेर घट्न थाल्यो । ओरालो गतिमा लागेको बजार ३ अङ्कले घटेर कारोबार बन्द भएको छ ।

पछिल्लो समय घट्दो अवस्थामा रहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मङ्गलबार २ दशमलव ९१ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार सामान्य सुधार भएको बजार त्यसयता लगातार घटरिहेको छ । बजार घटेसँगै नेप्सेमा कारोबारमा पनि भारि गिरावट आएको छ । आज नेप्सेमा १६ करोड रुपैयाँको मात्र कारोबार भयो ।

१ हजार १ सय ९३ दशमलव ९३ अङ्कबाट सुरु भएको बजार २ दशमलव ९१ अङ्कले घट्दै १ हजार १ सय ९१ दशमलव ४७ अङ्क कायम भएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको बजार ३ अङ्कले बढेर घट्न थाल्यो । ओरालो गतिमा लागेको बजार ३ अङ्कले घटेर कारोबार बन्द भएको छ ।

मङ्गलबार १ हजार ६३ कम्पनीको ३ हजार १ सय ८९ कारोबारबाट ५० लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच भई १६ करोड ७७ लाख ३९ हजार ६ सय ९७ रुपैयाँबराबरको कारोबार भयो, जुन सोमबारको तुलनामा १३ करोडले कम हो ।

सोमबार नेप्सेमा १ सय ७० कम्पनीका ३ हजार ६ सय ६४ कारोबारबाट १० लाख ५९ हजार नौ सय ९० कित्ता सेयर किनबेच भई २९ करोड ६१ लाख ५६ हजार २ सय ५२ रुपैयाँबराबरको कारोबार भएको थियो ।

मङ्गलबार नेप्सेमा वगीकृत समूहमध्ये व्यापार समूहको कारोबार भएन तर अन्य सबै समूहको कारोबार भई ७ समूहमा गिरावट आएपछि त्यसको नकारात्मक असर सम्पूर्ण बजारमा देखिएको हो । आज नेप्सेमा जीवन बिमामा २७ दशमलव ६१ र निर्जीवन बिमामा २४ दशमलव ९५ अङ्कले घटेको छ । यस्तै होटल १७ दशमलव १८ अङ्कले गिरावट आएको छ ।

साथै, उत्पादनमूलक, होटल, बैङ्किङ, माइक्रोफाइनान्स र अन्य समूहमा गिरावट आएको छ । आज बजार घटेको दिन विकास बैङ्क ३ दशमलव ११, जलविद्युत् २ दशमलव ९८ र फाइनान्स शून्य दशमलव १३ अङ्कले बढेको छ ।

बजार घटे पनि मङ्गलबार सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको सेयर ४ प्रतिशतले बढेको छ भने सिटी एक्सप्रेस फाइनान्सको सेयर ९ दशमलव ८ प्रतिशतले घटेको छ ।