कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता एक सय रूपैयाँ अङ्कित मूल्यमा १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता अईपीओ खुलाएको हो ।
दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) आजदेखि खुलेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता एक सय रूपैयाँ अङ्कित मूल्यमा १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता अईपीओ खुलाएको हो ।
आवेदकले दोलखाका १८ बैङ्क तथा वित्तीय संस्था, कम्पनीको कार्यालय र काठमाडौंको सनराइज क्यापिटल र सनराइज बैङ्कका १० शाखाबाट आवेदन दिन सक्ने छन् । स्थानीयलाई सेयर बाँडफाँट गरेपछि मात्र सर्वसाधरणका लागि कम्पनीले सेयर बिक्री गर्ने छ ।
स्थानीयवासीले कम्पनीको आईपीओमा न्यूनतम ३० कित्तादेखि अधिकतम तीन सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदनका लागि आज साउन १६ देखि भदौ १४ गतेसम्मको समय तोकिएको छ ।
यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष हो भने सह प्रबन्धक सनराइज क्यापिटल हो । कम्पनीले स्थानीयवासीको सहजीकरणका लागि डीम्याट खाता अनिवार्य गरिएको छैन । तर, ३ वर्षको लकिङ अविधपछि कारोबार गर्न भने डीम्याट अनिर्वाय गरिएको छ ।