नेप्सेमा २ अङ्कको सुधार

कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजार २ अङ्कको सुधार आएपछि ओरालो लाग्दै १ अङ्कले गिरावट आएको थियो । पछि पुनः बढ्दै २ दशमलव ४० अङ्कको सुधार भएको हो । बजार केही समय स्थिर थियो ।

सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा बुधबार सामान्य सुधार देखिएको छ । आज नेप्से २ दशमलव ४० अङ्कले बढेर १ हजार १ सय ९३ दशमलव ८७ अङ्कमा कारोबार बन्द भएको छ । बुधबारको कारोबार १ हजार १ सय ९१ दशमलव ४७ अङ्कबाट सुरु भएको थियो ।

कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजार २ अङ्कको सुधार आएपछि ओरालो लाग्दै १ अङ्कले गिरावट आएको थियो । पछि पुनः बढ्दै २ दशमलव ४० अङ्कको सुधार भएको हो । बजार केही समय स्थिर थियो ।

आज नेप्सेमा १ सय ५४ कम्पनीका ३ हजार ८१ करोबारबाट ७ लाख ६६ हजार ७ सय ८९ कित्ता सेयर किनबेच भई २२ करोड २१ ह्जार ४ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा ६ करोडले बढी हो ।

मङ्गलबार नेप्सेमा १ हजार ६३ कम्पनीको ३ हजार १ सय ८९ कारोबारबाट ५० लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच भई १६ करोड ७७ लाख ३९ हजार ६ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार नेप्सेमा व्यापार समूहको कारोबार भएन भने कारोबार भएका अन्य समूहमध्ये ७ समूह बढेकाले समग्र बजारमा त्यसको सकारात्मक प्रभाव परेको हो । आज बजार बढेपनि अन्यमा ४ दशमलव ७२, फाइनान्स ३ दशमलव ७ र जलविद्युत् शून्य दशमलव ५६ अङ्कले घटेको छ ।

यस्तै जीवन बिमा २८ दशमलव ८४, निर्जीवन बिमा ३२ दशमलव ४१ तथा होटल ११ दशमलव २५ अङ्कले बढेका छन् । माइक्रोफाइनान्स ७ दशमलव ३८, विकास बैङ्क ३ दशमलव ४७ र बैङ्किङ २ दशमलव ८१ अङ्कले बढेका छन् ।

आज बुधबार सेन्ट्रल फाइनान्सको सेयर ५ दशमलव ४५ प्रतिशतले बढेको छ भने सिटी एक्सप्रेस फाइनान्सको सेयर ९ दशमलव ४८ प्रतिशतले घटेको छ ।