कतार एयरवेजको अत्याधुनिक एयरबस ए३५०–१००० न्यू योर्कमा

ए३५०–१००० मा भएका दुइटा केबिनमा गरी कुल ३२७ सिट छन् । जसमा ४५ ओटा पुरस्कार विजेता क्यूसुइट बिजनेस क्लास सिट तथा २८१ ओटा १८ इञ्च अतिरिक्त चौडा इकोनमी क्लासका सिट छन् ।

कतार एयरवेजले आफ्नो अत्याधुनिक एयरबस ए३५०–१००० विमान २८ अक्टोबर २०१८ देखि न्युयोर्कको जेएफके विमानस्थलमा उडान गर्नेछ । एयरवेजको अत्याधुनिक विमानको यो पहिलो कमर्सियल उडान हुनेछ ।

‘हामी आफ्नो प्रमुख अमेरिकी गेटवेमध्ये एक जेएफके विमानस्थलमा आफ्नो अत्याधुनिक एयरबस ए३५०–१००० विमान सीधा उडान गर्न पाउँदा रोमाञ्चित भएका छौं,’ कतार एयरवेज समूहका मुख्य कार्यकारी अधिकृत अकबर अल बेकरले भने, ‘अमेरिकाको सबैभन्दा आधुनिक तथा प्राविधिक रूपले उन्नत दोस्रो पिढीको विमानको सुरुआतले यात्रीहरुलाई योभन्दा अर्को राम्रो विकल्प हुनसक्दैन भन्ने हाम्रो प्रतिबद्धता दर्शाउँछ । हामी यो भव्य विमानमा अमेरिकाबाट यात्रा गर्ने सबै यात्रीलाई स्वागत गर्न आतुर छौं ।’

ए३५०–१००० मा भएका दुइटा केबिनमा गरी कुल ३२७ सिट छन् । जसमा ४५ ओटा पुरस्कार विजेता क्यूसुइट बिजनेस क्लास सिट तथा २८१ ओटा १८ इञ्च अतिरिक्त चौडा इकोनमी क्लासका सिट छन् ।

कतार एयरवेज ए३५०–१००० विमानको बिजनेस क्लासमा एअरलाइन उद्योगकै पहिलो डबल बेड तथा गोपनीयताका लागि कसैले नदेख्ने गरी प्यानलले बारिएको छ । यसले यात्रीलाई आफ्नै कम्पार्टमा बस्नका लागि ठाउँ बनाउने सुविधा दिन्छ । हाललाई क्यूसुइट जेएफकेका सार्थ वाशिङटन, डीसी, शिकागो तथा ह्युस्टनबाट हुने उडानमा उपलब्ध छ ।