पर्यटन क्षेत्रको कार्यदिशा बनाउन सातै प्रदेशका पर्यटनमन्त्री जुटे

सरकारले भ्रमण वर्ष घोषणा गरेको १८ महिना मात्र बाँकी रहँदा पर्यटन मन्त्रालयले कसरी २० लाख पर्यटक नेपाल भित्र्याउन सकिन्छ र प्रदेश सरकार र सङ्घीय सरकारको भूमिका कस्तो रहन्छ भन्ने विषयमा छलफल ध्यान केन्द्रित भएको छ ।

सातै प्रदेशका पर्यटनमन्त्रीसहित सङ्घीय सरकारका अर्थ र पर्यटनमन्त्रीहरू पर्यटन क्षेत्रको कार्यदिशा बनाउन लागिपरेका छन् । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, उद्योगमन्त्री मातृकाप्रसाद यादव र सातै प्रदेशका पर्यटनमन्त्रीबीच छलफल गरी पर्यटन क्षेत्रको नयाँ कार्यदिशा तय गरिनेछ ।

सरकारले भ्रमण वर्ष घोषणा गरेको १८ महिना मात्र बाँकी रहँदा पर्यटन मन्त्रालयले कसरी २० लाख पर्यटक नेपाल भित्र्याउन सकिन्छ र प्रदेश सरकार र सङ्घीय सरकारको भूमिका कस्तो रहन्छ भन्ने विषयमा छलफल ध्यान केन्द्रित भएको छ ।
अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले सन् २०२७ भित्रमा ५० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ काम अघि बढिरहेको जानकारी दिए । उनले अहिले सरकारले पर्यटन क्षेत्रका लागि आवश्यक पूर्वधार निर्माणमा लागिपरेको र त्यसका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकार एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

‘नेपालमा ५० लाख पर्यटक भित्र्याउन छिमेकी राष्ट्र चीन र भारतबाट ३०/३० प्रतिशत मात्र पर्यटक ल्याउन सके पुग्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘अब हाम्रो प्रचार त्यता केन्द्रित हुनुपर्छ ।’ सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन अहिलेको उडानभन्दा दोब्बर बनाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमै सम्पन्न गर्ने र नेपालभरका होटलमा हाल कायम ४० हजार बेडरुमलाई बढाएर १ लाख पु¥याइएने उनको दाबी छ ।

पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएकाले सबै प्रदेशमा सुविधासम्पन्न होटल निर्माण हुनु आवश्यक रहेको अर्थमन्त्री खतिवडाको भनाइ छ । निजीक्षेत्रलाई होटल खोल्न आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।
पशुपति क्षेत्र विकास कोष, लुम्बिनी बृहत् गुरूयोजना, पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, विभिन्न पुरातात्त्विक सम्पदालगायत भौतिक पूर्वाधारको विकासका लागि साझा पहल गरिने पर्यटनमन्त्री अधिकारीको भनाइ छ ।

यस्तै उद्योगमन्त्री यादवले पर्यटनलाई उद्योगका रुपमा विकास र विस्तार गर्न आफ्नो सहयोग सदैव रहने बताए । नेपालमा अहिले वार्षिक ८ लाखको हाराहारीमा पर्यटक भित्रिने गरेका छन् । नेपालको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आवश्यक रहेको पर्यटन बोर्डका सीईओ दीपकराज जोशीको भनाइ छ । यसले पर्यटकको सङ्ख्या बढाउन सघाउने उनले बताए ।