साताको अन्तिम दिन नेप्सेमा सामान्य गिरावट

बुधबार नेप्सेमा १ सय ५४ कम्पनीका ३ हजार ८१ कारोबारबाट ७ लाख ६६ हजार ७ सय ८९ कित्ता सेयर किनबेच भई २२ करोड २१ हजार ४ सय २३ रुपैयाँबराबरको कारोबार भएको थियो ।

साताको अन्तिम दिन सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) १ दशमलव ३१ अङ्कले घटेको छ । १ हजार १ सय ९३ दशमलव ९० अङ्कबाट सुरु भएको नेप्से १ दशमलव ३१ अङ्कले घट्दै १ हजार १ सय ९२ दशमलव ५६ अङ्क कायम भएर साताको कारोबार रोकिएको छ ।

कारोबार सुरु भएदेखि बढ्न थालेको बजार २ अङ्कले बढेपछि घटेर २ अङ्कको गिरावट आएको थियो । तर, केही सुधार आउँदै बिहीबार १ अङ्कले घटेको अवस्थामा कारोबार बन्द भएको छ । नेप्से एकल अङ्कले घटेसँगै आज कारोबार रकम पनि घटेको छ ।
आज नेप्सेमा १ सय ६२ कम्पनीका २ हजार ९ सय २८ कारोबारबाट ६ लाख ५१ ह्जार ६ सय ३ कित्ता सेयर किनबेच भई २० करोड ६० लाख १ हजार १ सय २१ रुपैयाँबराबरको कारोबार भएको छ, जुन बुधबारको तुलनामा २ करोड रुपैयाँले कम हो ।

बुधबार नेप्सेमा १ सय ५४ कम्पनीका ३ हजार ८१ कारोबारबाट ७ लाख ६६ हजार ७ सय ८९ कित्ता सेयर किनबेच भई २२ करोड २१ हजार ४ सय २३ रुपैयाँबराबरको कारोबार भएको थियो ।

व्यापार समूहको कारोबार नभएको दिन आज कारोबार भएका १० समूहमध्ये ३ समूहबाहेक सबैमा गिरावट आएको छ । आज सबैभन्दा बढी निर्जीवन बिमा ५३ दशमलव ५६, जीवन बिमा २५ दशमलव ८६, माइक्रोफाइनान्स ११ दशमलव १५ अङ्कले घटेको छ । साथै, होटल, विकास बैङ्क, जलविद्युत्, फाइनान्समा पनि गिरावट आएको छ । आज बजार घटेको दिन अन्यमा ३ दशमलव ७, उत्पादनमूलकमा १ दशमलव १७ र बैङ्किङमा शून्य दशमलव ५२ अङ्कको सुधार आएको छ ।

बजार घटेको दिन आज वेस्ट फाइनान्स कम्पनीको सेयर ६ दशमलव १२ प्रतिशतले बढेको छ भने सिटी एक्स्प्रेस फाइनान्सको सेयर ९ दशमलव ६७ प्रतिशतले घटेको छ । यस्तै सानिमा माई हाइड्रोपावरको सेयर किनबेच धेरै भएको छ । कम्पनीको ३ सय १९ कित्ता सेयर किनबेच भएको छ ।