ड्युटेरटेले अवैध तरिकाले आयात गरिएका ती फेन्सी कार तथा मोटरबाइकलाई सार्वजनिक प्रदर्शनीका लागि राख्नसमेत लगाएका छन् । र, सबै ६८ ओटा विलासी कार तथा आठ ओटा अति महँगा मोटरसाइकलमाथि डोजर चलाइदिएका छन् । नष्ट गरिएका गाडीमा एउटा मुस्ताङ, एउटा लेम्बोर्गिनी र एउटा पोर्स थियो ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेरटेको आदेशमा लगभग ७ मिलियन डलर मूल्य पर्ने विलासी कारलाई कोल्ड ड्रिङ्क्सका खाली बट्टाझैं कुच्च्याइएको छ ।
ड्युटेरटेले अवैध तरिकाले आयात गरिएका ती फेन्सी कार तथा मोटरबाइकलाई सार्वजनिक प्रदर्शनीका लागि राख्नसमेत लगाएका छन् । र, सबै ६८ ओटा विलासी कार तथा आठ ओटा अति महँगा मोटरसाइकलमाथि डोजर चलाइदिएका छन् । नष्ट गरिएका गाडीमा एउटा मुस्ताङ, एउटा लेम्बोर्गिनी र एउटा पोर्स थियो ।
ती कारको कुल मूल्य ७.०७ मिलियन डलर थियो भने मोटरबाइकहरु चार लाख ९७ हजार डलर मूल्यका थिए ।
तस्करीविरुद्ध राष्ट्रपतिको कडा अडान रहेको एक आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ती वाहनहरु पोर्ट इरिनेमा तस्करी गरिएको राष्ट्रपतिले बताएका छन् । ‘तपाईंहरुलाई थाहा होला, कुनै स्थानलाई वास्तवमा विकास गर्न सकिन्छ वा व्यवसाय गर्न योग्य बनाउन सकिन्छ,’ उनले भने, ‘तर तपाईंले पहिला कानून र व्यवस्था स्थापित गर्नुपर्छ ।’
अपराधबारे उनी आफ्नो क्रूर अडानका लागि जानिन्छ भन्ने इङगित गर्ने सायद यो सही समय हो ।
लागू औषध कारोबारीमाथि गोली ठोक्ने नीतिका लागि उनको व्यापक आलोचना गरिएको छ । यनले गत जुन महिनामा ४२ हजार गाउलेलाई निःशुल्क बन्दुक दाँड्ने बताउँदै उनले सन्दिग्ध लागू औषध अपराधीलाई गोली हान्ने कसैलाई पनि जेल नहाल्ने प्रतिबद्धता जनाएका थिए ।
राष्ट्रपतिले विलासी वाहनलाई यसरी धूलोपिठो पारेको यो पहिलो पटक भने होइन । गत फेब्ुअरीमा उनले सार्वजनिक रूपमा तीन भिन्दाभिन्दै बन्दरगाहमा लगभग ३० ओटा वाहनलाई कुच्च्याएका थिए ।
‘यस प्रकारका ठगी बारम्बार, फेरि फेरि शताब्दीयौंदेखि भइरहेका छन्,’ एउटा अभिव्यक्तिमा उनले भने, ‘जे होस्, यसलाई रोक्नुछ ।
एजेन्सीको सहयोगमा