हिलो र खाल्डोले अस्तव्यस्त पुरानो बसपार्क (फोटो फिचर)

अहिले यो क्षेत्र हिलाम्मे सडक, पानी जमेको पोखरी, खाल्डा तथा फोहोरले अव्यवस्थित बन्दै गएको छ । बसपार्क सरेको तीन वर्ष भइसक्दा पनि कुनै पनि नियामक निकायले बसपार्क व्यवस्थापन गर्न सकेको छैन ।

हिलो र पानी जमेका खाल्डोले पुरानो बसपार्क क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । महानगरपालिकाले केही वर्षका लागि बसपार्क व्यवस्थापन गर्ने भन्दै खुलामञ्चको आधा भाग बसपार्क बनाएको थियो ।

तर अहिले यो क्षेत्र हिलाम्मे सडक, पानी जमेको पोखरी, खाल्डा तथा फोहोरले अव्यवस्थित बन्दै गएको छ । बसपार्क सरेको तीन वर्ष भइसक्दा पनि कुनै पनि नियामक निकायले बसपार्क व्यवस्थापन गर्न सकेको छैन, जसका कारण अहिले उपत्यकाबाट बाहिरिने तथा भित्रिने सवारी साधनसँगै सर्वसाधारणलाई समेत आवतजावतमा समस्या भएको छ ।