होटल तथा रेस्टुरेन्टमा लगानी प्रतिबद्धता बढ्यो

एक करोड ५ लाख लगानीमा चेन्जेङ रेस्टुरेन्ट प्रालि, ३ करोड ५ लाख लगानीमा रियुनियन, दुई करोड लगानीसहित चिनियाँ ठमेल टाउन रेस्टुरेन्ट, दुई करोड ५ लाख लगानीमा छेन्दु रेस्टुरेन्ट, ५ लाख लगानीमा बेलायती ओलिभर्ट डिस्ट्रो प्रालि, एक करोड ५ लाख लगानीमा छ्यान्सी होटल एन्ड रेस्टुरेन्ट खुल्न लागेको उद्योग विभागले जनाएको छ ।

नेपालमा होटल तथा रेस्टुरेन्टमा लगानीको क्रम बढ्दै गएको छ । यससँगै चिनियाँ लगानीमा सञ्चालित होटलको सङ्ख्या पनि बढ्दै गएको सरोकारवालाले बताएका छन् । गत आर्थिक वर्षमा पर्यटन क्षेत्रअन्तर्गत साना लगानीका होटलदेखि ठूलासम्मका एक सय ५९ ओटा होटलमा २३ अर्ब लगानी आएको उद्योग विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुसालले जनकारी दिए । लगानीका हिसाबमा चीनले आधाभन्दा बढी हिस्सा ओगटेको उनको भनाइ छ ।

चिनियाँ व्यवसायीले आगामी ६ महिनाभित्र एक करोड लगानीमा होङ्फु पास्ट्री प्रालि, २ करोड लगानीमा फुसुन होटल प्रालि, दुई करोड लगानीमा ओन्डरल स्ट होटल एन्ड रेस्टुरेन्ट, दुई करोड ५ लाख लगानीमा युकी होटल, दुई करोड लगानीमा क्वियनमिन होटल प्रालि सञ्चालनमा ल्याउने गरी प्रक्रिया अघि बढाएको उनले बताए ।

त्यस्तै एक करोड ५ लाख लगानीमा चेन्जेङ रेस्टुरेन्ट प्रालि, ३ करोड ५ लाख लगानीमा रियुनियन, दुई करोड लगानीसहित चिनियाँ ठमेल टाउन रेस्टुरेन्ट, दुई करोड ५ लाख लगानीमा छेन्दु रेस्टुरेन्ट, ५ लाख लगानीमा बेलायती ओलिभर्ट डिस्ट्रो प्रालि, एक करोड ५ लाख लगानीमा छ्यान्सी होटल एन्ड रेस्टुरेन्ट खुल्न लागेको उद्योग विभागले जनाएको छ ।

दुई करोड ५० लाख लगानीमा मिहाओसु होटल प्राइभेट लिमिटेड, एक अर्ब ५० लाख लगानीमा आर एन्ड आर होटल एन्ड रेस्टुरेन्ट, ११ करोड ५३ लाख रुपैयाँको लगानीमा गोल्डेन क्लाउड होटल, पाँच लाख रुपैयाँ लगानीमा मेड फाइब रेस्टुरेन्ट, पाँच लाख लगानीमै इलाफेन्ट फ्यामिली होटल एन्ड रेस्टुरेन्ट, एक करोड लगानीमा सुनकोसी रिभर साइड रेस्टुरेन्ट, पाँच लाख लगानीमा आयुर्वेद क्याफे, एक अर्ब ६ करोड १० लाख लगानीमा लुम्बिनी एभ्युजमेन्ट एन्ड वाटर पार्क, दुई करोड ५० लाख लगानीमा एट्लान्टिक रिक्रियसन सञ्चालनको तयारीमा छन् ।

त्यसैगरी १६ करोड ९६ लाख लगानीमा फरेस्ट फ्लेबर रिसोर्ट, १२ करोड ८८ लाख ६५ हजार लगानीमा हिमालयन होटल एन्ड सुइट्स प्रालि, ७० करोडको लगानीमा इन्टरनेसनल हस्पिटालिटी एन्ड होटल, एक करोड २० लाख लगानी टाइगर प्यालेस एन्ड रिसोर्टलगायत सानाठूला होटल क्षेत्रमा लगानी भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ । उद्योग विभागका पर्यटन क्षेत्रमा दर्ता भएका एक सय ५९ होटल रेस्टुरेन्ट सञ्चालनमा आउँदा पाँच हजार तीन सय ७३ जनाले रोजगारी पाउनेछन् ।