आइतबार नेप्सेमा सिटी एक्स्प्रेस फाइनान्सको सेयर ९ दशमलव ८२ प्रतिशतले बढेको छ भने आईएमई जनरल इन्स्योरेन्सको सेयर ५ दशमलव ३० प्रतिशतले घटेको छ । यस्तै, आज सानिमा माई हाइड्रोपावरको ३ सय १४ कित्ता सेयर किनबेच भएको छ ।
केही समययता घट्दो क्रममा रहेको सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) साताको पहिलो दिन आइतबार घटेरै बन्द भएको छ । पछिल्लो समय सामान्य अङ्कले घट्बढ भइरहेको नेप्से आज १ दशमलव ४३ अङ्कले घटेर कारोबार बन्द भएको छ । नेप्से घटेसँगै आइतबार कारोबार रकममा पनि गिरावट आएको छ ।
१ हजार १ सय ९४ दशमलव २४ अङ्कबाट सुरु भएको बजार १ अङ्कले घट्दै १ हजार १ सय ८९ दशमलव ८८ अङ्क कायम भएको छ । आज नेप्से सामान्य अङ्कले ओरालो लागे पनि कारोबार भने १६ करोड रुपैयाँ भएको छ । बढ्दो क्रममा सुरु भएको कारोबार १ अङ्कले बढेपछि ओरालो लाग्दै २ अङ्कले घटेपछि सम्हालिँदै १ अङ्कले घटेर बन्द भएको हो ।
आइतबार नेप्सेमा १ सय ६० कम्पनीका २ हजार ९ सय ८९ कारोबारबाट ५ लाख ९७ हजार ५ सय ९७ कित्ता सेयर किनबेच भई १६ करोड ७० लाख ४९ हजार ६ सय ८४ रुपैयाँबराबरको कारोबार भएको छ, जुन बिहीबारको कारोबार रकमभन्दा ४ करोड रुपैयाँले कम हो ।
बिहीबार नेप्सेमा १ सय ६२ कम्पनीका २ हजार ९ सय २८ कारोबारबाट ६ लाख ५१ ह्जार ६ सय ३ कित्ता सेयर किनबेच भई २० करोड ६० लाख १ हजार १ सय २१ रुपैयाँबराबरको कारोबार भएको थियो ।
परिसूचकसँगै कारोबार घटेको दिन आज नेप्सेमा वर्गीकृत समूहमध्ये व्यापार समूहको कारोबार भएन । तर कारोबार भएका १० समूहमा ५ समूहमा सुधार आए पनि नेप्सेमा गिरावट आएको छ । आज निजीर्वन बिमा ३० दशमलव ९२, उत्पादनमूलक २० दशमलव ६, जलविद्युत् ५ दशमलव ६५, बैङ्किङ ३ दशमलव ५१ र वित्त शून्य दशमलव ९७ अङ्कले घटेको छ ।
बजार घटे पनि अन्य ६ दशमलव ४९, होटल ४ दशमलव २४, विकास बैङ्क ११ दशमलव १७, जीवन बिमा ३ दशमलव ६४ र लघुवित्त शून्य दशमलव २१ अङ्कले बढेको छ ।
आइतबार नेप्सेमा सिटी एक्स्प्रेस फाइनान्सको सेयर ९ दशमलव ८२ प्रतिशतले बढेको छ भने आईएमई जनरल इन्स्योरेन्सको सेयर ५ दशमलव ३० प्रतिशतले घटेको छ । यस्तै, आज सानिमा माई हाइड्रोपावरको ३ सय १४ कित्ता सेयर किनबेच भएको छ ।