सोमबार नेप्सेमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९ दशमलव ९६ प्रतिशतले बढेको छ भने मल्टिपर्पाेज फाइनान्सको सेयर ८ दशमलव ६३ प्रतिशतले घटेको छ ।
घट्ने क्रममा रहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो दिन सोमबार स्थिर रहँदै कारोबार बन्द भएको छ । १ हजार १ सय ८९ दशमलव ८८ अङ्कबाट सुरु भएको बजार शून्य दशमलव २१ अङ्कले घटेर १ हजार १ सय ८९ दशमलव ६७ अङ्क कायम भई कारोबार बन्द भएको छ । तर, आज कारोबार रकममा भने आइतबारको भन्दा सुधार आएको छ ।
बढ्ने सङ्केतका साथ सुरु भएको बजार २ अङ्कले उकालो लागेर घट्न सुरु भएको बजार १ अङ्कसम्म गिरावट आएको थियो । तर, नेप्से सम्हालिँदै सामान्य अङ्कले गिरावट आएर रोकिएको छ ।
आज नेप्सेमा १ सय ४८ कम्पनीका २ हजार ८ सय ७४ कारोबारबाट ७ लाख ९६ हजार ७ सय ३४ कित्ता सेयर खरिदबिक्री भई १९ करोड १७ लाख ४८ लाख १ सय २० रुपैयाँबराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा ३ करोड रुपैयाँले बढी हो ।
आइतबार नेप्सेमा १ सय ६० कम्पनीका २ हजार ९ सय ८९ कारोबारबाट ५ लाख ९७ हजार ५ सय ९७ कित्ता सेयर किनबेच भई १६ करोड ७० लाख ४९ हजार ६ सय ८४ रुपैयाँबराबरको कारोबार भएको थियो । आज नेप्सेमा वर्गीकृत समूहमध्ये सबै समूहको कारोबार भई ६ समूहमा गिरावट आउँदा त्यसको प्रत्यक्ष प्रभाव नेप्सेमा परेको हो । आज नेप्सेमा सबैभन्दा बढी जीवन बिमा १६ दशमलव ७३, होटल ६ दशमलव ३, विकास बैङ्कमा ४ दशमलव ९८, अन्य ४ दशमलव ७३, निर्जीवन बिमा शून्य दशमलव ९, उत्पादनमूलक शून्य दशमलव ७ अङ्कले ओरालो लागेको छ ।
बजरा घटेको दिन आज लघुवित्त ६ दशमलव ३६, व्यापार २ दशमलव ११, वित्त १ दशमलव १८, बैङ्किङ १ दशमलव २३, जलविद्युत शून्य दशमलव ८५ अङ्कले बढेको छ ।
सोमबार नेप्सेमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९ दशमलव ९६ प्रतिशतले बढेको छ भने मल्टिपर्पाेज फाइनान्सको सेयर ८ दशमलव ६३ प्रतिशतले घटेको छ ।