एनआईसी एसिया बैङ्कको एक सथा दुई शाखा सञ्चालन

एनआईसी एसिया बैङ्कले धादिङ्गको गजूरी र गल्छीमा एक साथ दुई नयाँ शाखा स्थापना गरेको छ । गजूरीको शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले र गल्छीको शाखा गाँउपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले गरे ।

बैङ्कको हाल देशभर २ सय ३४ शाखा, २ सय २४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैङ्किङ्ग सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।