बजार घटे पनि होटल ३२ दशमलव ३४, निर्जीवन बिमा ११ दशमलव ५ र अन्य समूह २ दशमलव ४१ अङ्कले उकालो लागेको छ । मङ्गलबार नेप्सेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले बढेको छ भने फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ९ दशमलव ५१ प्रतिशतले घटेको छ ।
केही दिनयता निरन्तर सामान्य अङ्कले घट्दै आएको सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मङ्गलबार १ दशमलव ४६ अङ्कले ओरालो लागेको छ । १ हजार १ सय ८९ दशमलव ६९ अङ्कबाट सुरु भएको बजार १ दशमलव ४६ अङ्कले ओरालो लागेर १ हजार १ सय ८८ दशमलव २१ अङ्क कायम भई आजको कारोबार बन्द भएको छ ।
कारोबार सुरु भएदेखि बढ्न सुरु गरेको बजार आधा घण्टामा ३ अङ्कले बढेर विस्तारै ओरालो गतिमा लाग्यो । ओरालो लाग्न सुरु भएको बजार २ अङ्कसम्मको गिरावटपछि सुधारको क्रममा लाग्यो र अन्त्यमा १ दशमलव ७५ अङ्कले सूचक घटेको अवस्थामा कारोबार बन्द भयो ।
आज नेप्सेमा १ सय ५७ कम्पनीका ३ हजार ५ सय २५ कारोबारबाट ९ लाख ९ हजार ३ सय ४१ कित्ता सेयर खरिदबिक्री भई २१ करोड ३७ लाख ९१ ह्जार ३ सय १५ रुपैयाँबराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा २ करोड रुपैयाँँले बढी हो ।
सोमबार नेप्सेमा १ सय ४८ कम्पनीका २ हजार ८ सय ७४ कारोबारबाट ७ लाख ९६ हजार ३४ कित्ता सेयर किनबेच भई १९ करोड १७ लाख ४८ हजार १ सय २० रुपैयाँबराबरको कारोबार भएको थियो ।
नेप्सेमा वर्गीकृत ११ समूहमध्ये १० समूहको कारोबार भई ७ समूहमा गिरावट आएपछि सम्पूर्ण कारोबारमा त्यसको प्रभाव परेको हो । आज नेप्सेमा व्यापार समूहको कारोबार भने भएन । अधिकांश समूहमा गिरावट आएको दिन आज सबैभन्दा बढी जीवन बिमा ३९ दशमलव ८३, उत्पादनमूलक २५ दशमलव ४२, लघुवित्त १० दशमलव ८१, जलविद्युत ४ दशमलव ९६, वित्त ४ दशमलव ३, विकास बैङ्क १ दशमलव ३१ र बैङ्किङ समूह शून्य दशमलव ७७ अङ्कले घटेको छ ।
बजार घटे पनि होटल ३२ दशमलव ३४, निर्जीवन बिमा ११ दशमलव ५ र अन्य समूह २ दशमलव ४१ अङ्कले उकालो लागेको छ । मङ्गलबार नेप्सेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले बढेको छ भने फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ९ दशमलव ५१ प्रतिशतले घटेको छ ।
यस्तै नेप्सेका अनुसार फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्कको सबैभन्दा बढी ३ सय ३८ पटक सेयर किनबेच भएको छ ।