कारोबार खुम्चिएको दिन आज नेप्से परिसूचक शून्य दशमलव २९ अङ्कले ओरालो लागेको छ । आज १ हजार १ सय ८८ दशमलव २१ अङ्कबाट सुरु भएको बजार स्थिर रहँदै १ हजार १ सय ८७ दशमलव ३२ अङ्क कायम भई कारोबार बन्द भएको छ ।
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबारको कारोबार १४ करोड रुपैयाँमा सीमित भएको छ । केही दिनदेखि स्थिर गतिमा ओरालो लागिरहेको बजारमा आज जम्मा १४ करोड ९१ लख ७७ हजार ९५ रुपैयाँबराबरको कारोबार भएको हो ।
कारोबार खुम्चिएको दिन आज नेप्से परिसूचक शून्य दशमलव २९ अङ्कले ओरालो लागेको छ । आज १ हजार १ सय ८८ दशमलव २१ अङ्कबाट सुरु भएको बजार स्थिर रहँदै १ हजार १ सय ८७ दशमलव ३२ अङ्क कायम भई कारोबार बन्द भएको छ ।
कारोबार सुरु भएदेखि बढ्न थालेको बजार २ अङ्कको सुधार आएपछि घट्दै स्थिर अवस्थामा कारोबार बन्द भएको हो । कारोबार सुरु भएको आधा घण्टा सकारात्मक अवस्थामा स्थिर रहेको नेप्से अन्तिम समयमा भने नकरात्मक स्थिरताका साथ बन्द भएको हो ।
नेप्सेका अनुसार आज १ सय ६२ कम्पनीका ३ हजार १ सय ६७ कारोबारबाट ४ लाख ७४ हजार ८ सय ६१ कित्ता सेयर किनबेच भई १४ करोड रुपैयाँबराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा ७ करोड रुपैयाँले कम हो । साथै, यो कारोबार रकम पछिल्ला केही वर्षको कारोबार रकमभन्दा धेरै कम हो । यसअघिको कम कारोबार रकम १६ करोडमा सीमित थियो ।
मङ्गलबार नेप्सेमा १ सय ५७ कम्पनीका ३ हजार ५ सय २५ कारोबारबाट ९ लाख ९ हजार ३ सय ४१ कित्ता सेयर खरिदबिक्री भई २१ करोड ३७ लाख ९१ ह्जार ३ सय १५ रुपैयाँबराबरको कारोबार भएको थियो ।
नेप्सेमा वर्गीकृत समूहमध्ये १० समूहको कारोबार भएको दिन आज ७ समूहमा गिरावट आएपछि त्यसको प्रभाव सम्पुर्ण कारोबारमा परेको हो । आज सबैभन्दा बढी गिरावट जीवन बिमा २२ दशमलव ३६, उत्पादनमूलक ९ दशमलव २३, निर्जीवन बिमा ४ दशमलव २१, बैङ्किङ १ दशमलव ५७, विकास बैङ्क शून्य दशमलव १ र वित्त शून्य दशमलव ४२ अङ्कले घटेको छ ।
बजार घटे पनि आज नेप्सेमा होटल ३७ दशमलव ४६, जलविद्युत २ दशमलव २८, अन्य १ दशमलव २६ अङ्कले बढेको छ । नेप्सेमा आज फस्र्ट माइक्रोफाइनान्स विकास बैङ्कको सबैभन्दा बढी १ सय ५४ कारोबार भएको छ । यस्तै सर्पोट माइक्रोफाइनान्सको सेयर ९ दशमलव ९२ प्रतिशतले बढेको छ भने नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर ५ दशमलव ३२ प्रतिशतले घटेको छ ।