काठमाडौका लागि समयसीमा अत्यन्तै थोरै भएको गुनासो आएपछि बोर्डले एक हप्ताका लागि सयम थपेको हो । बोर्डले माथिल्लो तामाकोसीको सेयर भर्ने समय १४ भदौसम्म तोकेको छ । तर, काठमाडौंबाट २५ गतेसम्म मात्रै आवेदन लिने निर्णय गरेको थियो ।
काठमाडौंबाट माथिल्लो तामाकोसी जलविद्युत् आयोजनको सेयर भर्न दोलखालीका लागि एक हप्ताको समय थपिएको छ । धितोपत्र बोर्डले सुरुमा गत १६ गतेदेखि २५ गतेसम्म १० दिन समयसीमा तोकेको थियो । अब भदौ १ गतेसम्म काठमाडौंबाट दोलखालीले सेयर भर्न पाउने भएका छन् ।
काठमाडौका लागि समयसीमा अत्यन्तै थोरै भएको गुनासो आएपछि बोर्डले एक हप्ताका लागि सयम थपेको हो । बोर्डले माथिल्लो तामाकोसीको सेयर भर्ने समय १४ भदौसम्म तोकेको छ । तर, काठमाडौंबाट २५ गतेसम्म मात्रै आवेदन लिने निर्णय गरेको थियो ।
दोलखाका नेताले सुरुमै काठमाडौंका लागि १० दिन समय एकदमै थोरै भएको भन्दै असमति जनाउँदै आएका थिए । बोर्डले पनि यो समय थोरै भएको निश्कर्ष निकाल्दै समय थपेको हो ।
बोर्डले समय थप्ने निर्णय गर्दै छ ।