नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक निजी कम्पनीसँग सौर्य आयोजनासँग पीपीए गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सौर्य आयोजना प्रालिका प्रवन्धक तिलबहादुर आलेले पीपीएमा हस्ताक्षर गरेका छन । प्रतियुनिट ७.३० रुपैयाँमा पिपिए गरिएको प्राधिकरणले जनाएको छ ।
५ मेगावाटको बेलचौतारा सौर्य आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक निजी कम्पनीसँग सौर्य आयोजनासँग पीपीए गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सौर्य आयोजना प्रालिका प्रवन्धक तिलबहादुर आलेले पीपीएमा हस्ताक्षर गरेका छन । प्रतियुनिट ७.३० रुपैयाँमा पिपिए गरिएको प्राधिकरणले जनाएको छ ।
कम्पनीका प्रवन्धक आलेका अनुसार ६० करोड रुपैयाँ लागतमा २०७६ साउनभित्र सोलार आयोजना पूरा गरी राष्ट्रिय प्रणालीमा जडान गरिनेछ । विद्युत विकास विभागबाट उत्पादन अनुमति पत्र लिई आगामी भदौदेखि सौर्य सोलार प्रणाली जडान प्रक्रिया सुरु गरिने पनि उनले बताए ।