सातामा नेप्से १० अङ्कले घट्दा कारोबार ९१ करोडमा सीमित

गत साताको कारोबार हुने अन्तिम दिन बिहीबार १ हजार १ सय ९१ दशमलव ३१ अङ्कमा कारोबार रोकिएको नेप्से यस साता पाँचै दिन कारोबार हुँदा १० अङ्कले घट्दै १ हजार १ सय ८० दशमलव ६१ अङ्क कायम भई बन्द भएको छ । साताभरि जम्मा ९१ करोड रुपैयाँको कारोबार भएको छ ।

यस सातामा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्से परिसूचक गत साताभन्दा १० दशमलव १ अङ्कले घटेको छ भने कारोबार रकम १४ दशमलव ६८ प्रतिशतले घट्दै एक अर्ब रुपैयाँभन्दा तल सीमित भएको छ ।

गत साताको कारोबार हुने अन्तिम दिन बिहीबार १ हजार १ सय ९१ दशमलव ३१ अङ्कमा कारोबार रोकिएको नेप्से यस साता पाँचै दिन कारोबार हुँदा १० अङ्कले घट्दै १ हजार १ सय ८० दशमलव ६१ अङ्क कायम भई बन्द भएको छ । साताभरि जम्मा ९१ करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै सातामा १ सय ८१ कम्पनीका १६ हजार ३ सय ७० कारोबारबाट ३६ लाख ४७ हजार ८ सय ४० कित्ता सेयर किनबेच भई ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत साताको कारोबार रकमभन्दा १६ करोड रुपैयाँले कम हो ।

नेप्सेका अनुसार गत साता १ सय ८१ कम्पनीका १५ हजार ३ सय १० कारोबारबाट एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयर खरिदबिक्री भएका थिए ।

यस साता प्रोग्रेसिभ फाइनान्सको संस्थापकतर्फको सेयर कारोबार ५ करोड ९० लाख ४० हजार रुपैयाँ बराबरको भएको छ, जुन सातामा कारोबार भएको सबैभन्दा बढी रकम हो । त्यसैगरी सबैभन्दा बढी ५ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री पनि प्रोग्रेसिभकै भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ८ सय ७७ पटक सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

पाँचै दिन कारोबार भएको यस साता नेप्सेमा संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।