समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन : मुख्यमन्त्री गुरुङ

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको १५ औँ अधिवेशन तथा २५ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले कोरलादेखि त्रिवेणी जोडिने यो क्षेत्र पर्यटनका प्रचुर सम्भावनायुक्त स्थल भएको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको बताएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको १५ औँ अधिवेशन तथा २५ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले कोरलादेखि त्रिवेणी जोडिने यो क्षेत्र पर्यटनका प्रचुर सम्भावनायुक्त स्थल भएको बताए ।

मुख्यमन्त्री गुरुङले पदयात्रा पर्यटनलगायत विकासमा प्रदेश सरकारले सहयोग गर्ने पनि बताए ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले यस क्षेत्रको पर्यटन विकासमा टानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पदयात्रा पर्यटनमा देखिएका समस्याप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले संघले प्रकाशन गरेको टानयात्रा स्मारिकाको विमोचन गरे । तस्वीर वासुदेव पौडेल, रासस