नयाँ नेपालको २५० प्रतिशत हकप्रद आजदेखि

कम्पनीको हकप्रदमा साउन ६ गतेसम्म कायम सेयरधनीहरुले भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । हकप्रदमा एनएमबी बैङ्कको शाखा कार्यालयबाट पनि आवदेन दिन सकिने कम्पनीले जनाएको छ ।

नयाँ नेपाल वित्तीय संस्थाको २५ प्रतिशत हकप्रद सेयर आज (आइतबार)देखि बिक्री खुला भएको छ । कम्पनीले १ः२ दशमलव ५ को अनुपातमा १ सय रुपैयाँ अङ्कित ६ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।

कम्पनीको हकप्रदमा साउन ६ गतेसम्म कायम सेयरधनीहरुले भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । हकप्रदमा एनएमबी बैङ्कको शाखा कार्यालयबाट पनि आवदेन दिन सकिने कम्पनीले जनाएको छ ।

हाल २ करोड ४० लाख चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद बिक्रीपछि ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।