एक करोड २० लाख रुपैयाँ थप लगानी गरी ३४ ओटा डम्बा सञ्चालनको तयारी भइरहेको श्रेष्ठको भनाइ छ । ती डम्बा थपिएपछि दैनिक थप एक हजार यात्रुलाई आवतजावत गर्न सहज हुने र दशैंबाट सेवा सुरु गर्ने बताए ।
मनकामना केबलकारमा तीन ओटा नयाँ डम्बा थपिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारमा यात्रुहरुको चाप बढेसँगै अष्ट्रियाको डोपमेयर कम्पनीका तीन ओटा डम्बा ल्याएर जडान गर्न लागेको प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । हाल ३१ ओटा डम्बा सञ्चालनमा छन् ।
एक करोड २० लाख रुपैयाँ थप लगानी गरी ३४ ओटा डम्बा सञ्चालनको तयारी भइरहेको श्रेष्ठको भनाइ छ । ती डम्बा थपिएपछि दैनिक थप एक हजार यात्रुलाई आवतजावत गर्न सहज हुने र दशैंबाट सेवा सुरु गर्ने बताए ।
मनकामना केबलकार नेपालकै पहिलो केबलकार हो । यहाँ दैनिक तीन हजारभन्दा बढी पर्यटक आवतजावत गर्छन् ।