शनिवार राति सम्पन्न निर्वाचनबाट निकटतम प्रतिस्पर्धी भोजकुमार श्रेष्ठले ५३ मत ल्याएका थिए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलको अध्यक्षमा हरि भुजेल ६४ मतका साथ निर्वाचित भएका छन् । शनिवार राति सम्पन्न निर्वाचनबाट निकटतम प्रतिस्पर्धी भोजकुमार श्रेष्ठले ५३ मत ल्याएका थिए ।
टानको प्रथम उपाध्यक्षमा सुशीलराज पौडेल, द्वितीय उपाध्यक्षमा धर्मराज पन्थी, सचिवमा जीवनराज सापकोटा, सहसचिवमा उदय सुवेदी, कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य विजयी भएका छन् ।
यस्तै सदस्यहरुमा प्रकाश बस्ताकोटी, विश्वहांग राई, विकास गुरुङ, रेशम अधिकारी, राधिका पौडेल र कालीबहादुर नेम्वाङ विजयी भएका छन् ।