दोहोरो करकाे विरूद्धमा उत्रियाे चलचित्र निर्माता सङ्घ

नेपाल चलचित्र निर्माता सङ्घले दोहोरो कर नलगाउन सरकारसँग माग गरेको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले केन्द्र सरकार तथा स्थानीय सरकारले समेत कर असुल गर्न थालेपछि समस्या आएको बताए ।

‘हामी कसरी दोहोरो कर तिर्न सक्छौं,’ उनले भने, ‘यस्तो व्यवस्था तत्काल हटाउन सरकारसँग माग गदर्छौ ।’ ‘नेपाली चलचित्र उद्योगमा विद्यमान कर, राजस्वलगायतका प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्रुटीपूर्ण रुपमा बक्स अफिसमा समावेश गरिएको खर्च विवरण खरिबबिक्री खाताबाट सच्याउने व्यवस्था गर्न पनि माग गरे ।

संघका अनुसार नेपालमा हाल वार्षिक ९० देखि १ सय २५ वटासम्म चलचित्र निर्माण हुने गरेको छ । दूर्गम क्षेत्रमा गरिएको छायांकनको खर्च समावेश नगरी कर तिर्नुपर्ने प्रावधानका कारण चलचित्र उद्योग घाटामा गईरहेको पनि संघका अध्यक्ष अधिकारीको जानकारी दिए ।