अब बैङ्कका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैङ्क खाताबाट प्रति कारोबार १ लाख रुपैयाँसम्मको अनलाइन भुक्तानीहरु गर्न सक्नेछन् । बैङ्कका ग्राहकहरुले डब्लुडब्लुडब्लुडट कनेक्टआईपीएस डटकममा गई आफूलाई एक पटक आबद्ध गरी बैङ्क खातालाई लिङ्क गराई सेवा लिन सक्नेछन् ।
नेपाल राष्ट्र बैङ्क र बैङ्क वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमा आजबाट माछापुच्छ्रे बैङ्क र महालक्ष्मी विकास बैङ्क आबद्ध भएका छन् । माछापुच्छ्रे र महालक्ष्मी विकास बैङ्क ३२औं बैङ्कका रुपमा कनेक्ट आईपीएसमा आबद्ध भएका हुन् ।
अब बैङ्कका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैङ्क खाताबाट प्रति कारोबार १ लाख रुपैयाँसम्मको अनलाइन भुक्तानीहरु गर्न सक्नेछन् । बैङ्कका ग्राहकहरुले डब्लुडब्लुडब्लुडट कनेक्टआईपीएस डटकममा गई आफूलाई एक पटक आबद्ध गरी बैङ्क खातालाई लिङ्क गराई सेवा लिन सक्नेछन् ।
उक्त प्रणालीमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाइन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानीलगायतका कारोबार गर्न सक्ने व्यवस्था छ । यस्ता सबै कारोबारहरु अनलाइनमार्फत सीधै बैङ्क खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ ।
कनेक्ट आईपीएस इपेमेन्ट प्रणालीमा हाल सम्म ३२ बैङ्क तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हालसम्म २२ ओटा बैङ्क वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।