फेक रेस्क्युमा कारबाही हुन्छ : पर्यटनमन्त्री

मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाइसकेको र त्यसअनुसार आठ ट्राभल ट्रेकिङ उद्धार कम्पनी, चार अस्पताल र तीन हेलिकप्टर कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटकहरुको फर्जी उद्धार (फेक रेस्क्यु)मा संलग्नहरुलाई कारबाही हुने बताएका छन् ।

मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाइसकेको र त्यसअनुसार आठ ट्राभल ट्रेकिङ उद्धार कम्पनी, चार अस्पताल र तीन हेलिकप्टर कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले राजस्व चुहावटअन्तर्गत पनि कारवाहीका लागि सिफारिस गरिएको बताए । विदेशी मुद्राको कारोबार गर्न अनुमति नलिएको देखिएकाले पाँच कम्पनीलाई नेपाल राष्ट्र बैंकमा कारबाहीका लागि पठाइएको उनको भनाइ छ । निर्धारित मापदण्ड अनुसार उपचार शुल्क लिए/नलिएको र चिकित्सकीय मर्यादाभित्र रही उपचार भए/नभएको विषयमा कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा लेखी पठाइएको पनि उनले बताए ।

साथै उद्धारमा संलग्नहरुबारे नक्कली कागजात तयार पारी बिमा दाबी गर्ने सम्बन्धमा पनि छानबिन गरी कारबाहीका लागि गृह मन्त्रालय पठाइएको उनको भनाइ छ