छुटसम्बन्धी सम्झौतापत्रमा ग्रीन सिटीका सिनियर हस्पिटल म्यानेजर मनीष दवाडी र ग्लोबल आईएमई बैङ्कका कार्ड वितरण तथा प्रवद्र्धन विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरे ।
ग्लोबल आईएमई बैङ्कका ग्राहकलाई ग्रीन सिटी अस्पतालले विभिन्न सेवा तथा सुविधामा छुट दिने भएको छ । छुटसम्बन्धी सम्झौतापत्रमा ग्रीन सिटीका सिनियर हस्पिटल म्यानेजर मनीष दवाडी र ग्लोबल आईएमई बैङ्कका कार्ड वितरण तथा प्रवद्र्धन विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरे ।
बैङ्कले आफ्ना ग्राहकहरुलाई बैङ्किङ सेवाका अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजन ल्याइरहेको छ । उक्त सम्झौतापछि ग्रीन सिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आईएमईका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका ग्राहकलाई अस्पतालले २० प्रतिशतसम्म छुट पाउनेछन् ।
ग्लोबल आईएमईले १ सय ३१ शाखा, १ सय ३४ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व सङ्कलन काउन्टर, १ सय शाखारहित बैङ्किङ सेवा र देशबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।