तारा एयरको नयाँ जहाजको उडान लुक्लाबाट

तारा एयरका प्रवक्ता भीमराज राईले बिहान साढे ६ बजे काठमाडौंबाट लुक्लाको फाप्लु विमानस्थलमा पहिलो उडान गरेको जानकारी दिए । १८ सिट क्षमता भएको सो जहाजले काठमाडौंबाट लुक्लाका लागि उडान भर्ने छ ।

तारा एयरले नयाँ जहाजको उडान लुक्लाबाट सुरु गरेको छ । गत शनिवार काठमाडौंमा भित्रिएको ‘डोर्नियर डीओ २२८ एयरक्राफ्टले सोमबारबाट व्यावसायिक उडान सुरु गरेको हो ।

तारा एयरका प्रवक्ता भीमराज राईले बिहान साढे ६ बजे काठमाडौंबाट लुक्लाको फाप्लु विमानस्थलमा पहिलो उडान गरेको जानकारी दिए । १८ सिट क्षमता भएको सो जहाजले काठमाडौंबाट लुक्लाका लागि उडान भर्ने छ ।

तारा एयरले हाल क्यानाडामा निर्मित ४ ओटा ‘डीएचसी ६–३०० ट्वीनअटर’ र जर्मनीमा निर्मित ३ ओटा ‘डोर्नियर डीओ २२८–२१२ एयरक्राफ्टबाट सेवा सञ्चालन गर्दै आएको छ । डोर्नियर ‘डीओ २२८–२१२’ मा १८ सिट क्षमता छ । यो जहाज सानो धावनमार्गमा पनि सजिलै उडाउन र अवतरण गर्न सकिने सुविधा भएकाले लुक्ला र जोमसोमजस्ता उच्च हिमाली भेगमा रहेका धावनमार्गका लागि उपयुक्त भएको कम्पनीले बताएको छ ।