जनसेवी लघुवित्तले ४ करोडको आईपीओ निष्कासन गर्ने

आईपीओ सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १४ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा ६० लाख ५२ हजार रुपैयाँ खुद मुनाफा कमाएको कम्पनीले हाल देशका १८ थानबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ करोड २० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीका ४ लाख २० हजार कित्ता आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बिक्री गर्नेछ ।

आईपीओ सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १४ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा ६० लाख ५२ हजार रुपैयाँ खुद मुनाफा कमाएको कम्पनीले हाल देशका १८ थानबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीको सेयर निष्कासन बिक्री सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी कमलबहादुर खत्री र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।