एक बर्ष भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ५० प्रतिशत बढ्ने

वर्षायाममा घाम र पानीको संयोजन हुँदा धावनमार्गको दक्षिणी भागमा चर्किने समस्या देखा परिरहेकोले त्यसलाई दिर्घकालिन रुपमा समस्या समधानको लागि २०१९ को माघको दोस्रो हप्तादेखि ४ महिनासम्म प्रत्येकदिन ८ घण्टा बन्द गरी धावनमार्ग सुधार र निर्माणको कार्य आरम्भ गर्ने कार्ययोजना बनाई काम भइरहेको मन्त्री अधिकारीको भनाइ छ ।

एक बर्ष भित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ५० प्रतिशत बढ्ने भएको छ । संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले प्रतिनिधि सभाको बैठकमा सोमबार सम्बोद्धन गर्दै विमानस्थलको स्तरोन्नतीका लागि टर्मिनल भवन बिस्तार, सव वे, ट्याक्सी वे को बिस्तार अगाडि बढेको जानकारी दिए ।
उनले सन् १९७५ देखि विभिन्न चरणमा बिस्तार गरीे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ३००० मी. लम्बाई र ४५ मी. चौडाई रहेको धावनमार्ग रन वे रहेको बताए । धावनमार्गमा मझौला खाले बिमानहरु को लागि प्रयोग हुने गरी फुटपाथ को संरचना रहेको छ । हाल मझौला खाले बिमानहरुको साथसाथै ठूला वाईडबडी बायुयान उडान अवतरण हुँदै आएको छ । यस्तै यात्रुहरुको बृद्धिदर वार्षिकरुपमा सरदर ६ प्रतिशत रहेको जनाएको छ ।
वर्षायाममा घाम र पानीको संयोजन हुँदा धावनमार्गको दक्षिणी भागमा चर्किने समस्या देखा परिरहेकोले त्यसलाई दिर्घकालिन रुपमा समस्या समधानको लागि २०१९ को माघको दोस्रो हप्तादेखि ४ महिनासम्म प्रत्येकदिन ८ घण्टा बन्द गरी धावनमार्ग सुधार र निर्माणको कार्य आरम्भ गर्ने कार्ययोजना बनाई काम भइरहेको मन्त्री अधिकारीको भनाइ छ । सो धावन मार्ग सन् २०१० मा मर्मत गरिएको थियो । तर सन् २०१३ देखि बिमानस्थलको धावनमार्गमा कतैकतै पिचमा धर्सा पर्ने समस्या देखिन थाले पनि हाल सम्म पुनस्र्थापना हुन सकेको छैन् ।
धावनमार्गमा आउने समस्याबाट बायुयान संचालनमा अवरोध हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सै घण्टा परिचालन गर्नेगरी तुरुन्तै मर्मत गर्नको लागि तिब्र कार्य टोली खडा गरी धावनमार्गको मर्मत सम्भार भैरहेको संसदलाई जानकारी दिएका छन् । रन वे तथा ट्याक्सी वे पुनस्र्थापनाको लागि अन्तर्राष्ट्रिय परामर्शदातृ नियुक्त भैसकेको र निर्माण कार्यको लागि ४ वटा अन्तर्राष्ट्रिय निर्माण कम्पनीको पूर्व योग्यताको कार्य सम्पन्न भैसकेको बताएका छन् ।
यसैविच मन्त्री अधिकारीले विमानस्थल २१ घण्टा संचालन प्रभावकारी रहेको बताएका छन् । हाल एयर ट्राफिक व्यवस्थापन, स्लट व्यवस्थापन, प्राविधिक जनशक्तिको प्रभावकारी परिचालनले उल्लेखित रुपमा ट्राफिक कन्जेसन घटेको बताएका छन् । यस्तै विमानस्थलमा सरसफाई, कन्भेयर बेल्टको स्तरोन्नती लगायत समग्र व्यवस्थापनमा सकारात्मक परिणामहरु देखिएको जनाएका छन् ।